Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तीन दिने पूर्वाञ्चल बन्द फिर्ता

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, खस क्षेत्री एकता समाज (आदिवासी जनजाति) ले आह्वान गरेको तीनदिने पूर्वाञ्चल बिहीबार राति फिर्ता लिएको छ।

सुनसरीको इटहरीमा बसेको केन्द्रीय समितिको बैठकले बिहीवार राति बन्द फिर्ता लिने निर्णय गरेको हो।

सरकारको तर्फबाट स्थानीय विकास मन्त्रालयले शान्ति मन्त्रालयसँग समन्वय गरेर बिहीबार नै वार्ताको लागि आधिकारिक पत्र पठाएपछि बन्द फिर्ता लिएको समाजले जनाएको छ।

सरकारको पत्र राजधानीस्थित समाजका नेताले बुझेका थिए। सरकारले आधिकारीक पत्र पठाएपछि बसेको वैठलले वार्ताको माध्यमबाट आफ्ना माग पूरा गर्न सरकारलाई दवाव दिने तथा तत्कालको लागि वन्दको कार्यक्रम स्थगित गर्ने निणय भएको आन्दोलन परिचालन समिति सदस्य भोलाले जानकारी दिए।

उनले वार्तामा सरकारले षडयन्त्र गरे तथा समाजले उठाएका मागप्रति सरकार सकारात्मक नभए पुनः सशक्त आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन्। वार्ताको लागि शुक्रबार पुनः बस्ने केन्द्रिय समितिको वैठकले वार्ता टोली गठन गर्ने समाजको महिला समिति सुनसरी सचिव मिन माया खत्रिले जानकारी दिइन्।

समाजले खस क्षेत्रीलाई आदिवासी जनजातिमा सुचीकृत गरिनु पर्ने, नयाँ बन्ने संविधानमा खासान राज्य सुनिश्चिता गरिनु पर्ने लगायतका माग राखि बुधबारदेखि तीन दिने पूर्व बन्दको आव्हान गरेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by