Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेती बाढीपीडितलाई फेसबुकमार्फत सहयोग

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ६ जेठ । सामाजिक सञ्जाल फेसबुकबाट समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण बनेकी सरीता गुरुङले सेतीबाढी प्रभावित परिवारको सहयोगार्थ रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषमा शनिवार ३५ हजार ४ सय १० रुपैया सहयोग हस्तान्तरण गरेकी छन्।

तस्विरः सुदर्शन रञ्जित र उमेश पुन / एचकेनेपाल डट कम ।

काठमाडौंबाट रेडियोमै आएर सरिताले रेडियोका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठलाई एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेकी हुन्।

काठमाडौंमा कार्यरत सरिता गुरुङले सहयोग बक्सबाट संकलन गरेको १ हजार ३१० रुपैया र फेसबुकमार्फत युकेका कृष्ण गुरुङ (मुखिया) बाट १० हजार, ब्रुनाइका श्री थापाबाट १० हजार, धिरज गुरुङ दक्षिण कोरियाबाट ५ हजार १००, हङकङका विमल गुरुङबाट ५ हजार र राजकुमार गुरुङ दुवइबाट ४ हजार रुपैया संकलन गरी रकम हस्तान्तरण गरिन्।

रकम हस्तान्तरण गर्दै पीडामा सबैलाई दुख्नुपर्दछ भन्ने भावनाका साथ बाढीपीडितको चहराइरहेको घाउमा थोरै भएपनि मल्हम लगाउन, पीडितको आँसु पुछ्न फेसबुकमार्फत मानवीय तथा सामाजिक सेवामा लागेको सरिताले बताइन्। उक्त अवसरमा रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखेले सामाजिक अभियन्ता सरिता गुरुङलाई खादा लगाएर सम्मान गरेका थिए।

सरिता गुरुङले फेसबुकमार्फत मिर्गौला पीडित बुद्धिमाया गुरुङको उपचारका लागि पाँच लाख बढी सहयोग गरिसकेकी छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by