Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकार महासंघको केन्द्रिय साधरणसभा पोखरामा गर्न आग्रह

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ६ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाले पत्रकार महासंघको साधरण सभा पोखरामा गर्न केन्द्रिय समितिलाई आग्रह गरेको छ।

पत्रकार महासंघ कास्कीको शाखाको शनिबार भएको नियमित बैठकले हाल सम्म पोखरामा पत्रकार महासंघको केन्द्रिय साधरण सभा तथा महाधिबेशन पोखरामा नभएकाले यसपटक साधरण सभा पोखरामा आयोजना गर्न आग्रह गरेको सचिब त्रिभुवन पौडेलले जानकारी दिए।

बैठकले साधरणसभा अघिको केन्द्रिय समितिको बैठक पनि पोखरामै गर्न आग्रह गर्ने निर्णय भएको पनि सचिब पौडेलले वताए। नेपाल पत्रकार महासंघको साधरणसभामा करिब एक हजार पार्षदहरु सहभागी हुन्छन्।

“अहिलेसम्म पोखरामा राष्ट्रिय स्तरको बृहत जमघट भएको छैन, त्यसैले पत्रकार महासंघको केन्द्रिय साधरणसभा पोखरामा गर्न आग्रह गरेका हौ।”उपाध्यक्ष राजबहादुर गुरुङले भने-“केन्द्रले पनि हाम्रो प्रस्ताबलाई सकारात्मक रुपमा लिएको छ।” उपाध्यक्ष गुरुङले देशभरका पत्रकारहरुको जमघट हुने भएकाले पोखराको पर्यटन प्रबद्धनका लागि पत्रकारहरुको केन्द्रिय साधरणसभा महत्वपूर्ण हुने पनि उपाध्यक्ष गुरुङले बताए।

बैठकले बिभिन्न जातीय/क्षेत्रीय संघ संस्थाहरु तथा राजनैतिक पार्टीहरूले आयोजना गर्ने बन्द हड्तालका क्रममा पत्रकारहरुमाथि हुने गरेका ज्यादतीको घोर भर्त्सना गर्दै आगामी दिनमा त्यस्ता घटनाहरु नदोहोर्‍याउन संबन्धित बन्द/हड्ताल आब्हानकर्ताहरुलाई चेतावनी दिएको छ। बैठक शाखाका अध्यक्ष बद्री बिनोद प्रतिकको अध्यक्षतामा बसेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by