एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ जेठ । शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमनतिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमनतिर लैजाने गरी अराजक ढंगले बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीहरुले आब्हान गरेको अनिश्चित कालिन नेपाल बन्दकावीच रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उपस्थित मन्त्री टोपबहादुर रायमाझीले बन्द हडतालले शान्ति र संविधानको कामलाई असफल पारेर धमिलो पानीमा माछा मार्ने प्रतिगामी तत्वलाई मद्दत पुग्ने भन्दै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे।
साक्षात्कारमा मन्त्री रायमाझीले शान्ति र संविधान भाड्न खोजिए त्यसकाविरुद्ध अग्रगमन शक्तिहरु एक भए लाग्नु पर्ने बताए। उनले भने-बारम्बार बन्द गर्दा मुलुक प्रतिगामी धारतिर जान्छ । यो मुलुककोलागि घातक हुन्छ । तर असन्तुष्टि पोख्नु आन्दोलन गर्नु अन्यथा होईन।
दलहरुवीच भएको सहमति कसैको पक्षमा पनि नभएकोले सबै तिरबाट असन्तुष्टि देखिएको भन्दै मन्त्री रायमाझीले कसैको पक्षमा पनि पूर्ण रुपमा शान्ति र संविधान नभएकोले नै राष्ट्रिय सहमति बन्न सकेको दावी गरे । उनले भने-कसैको पक्षमा भएको भए अर्को पक्षमा मर्कामा पर्दथ्यो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले यो सहमति र एकताको दस्तावेज हो। यो राम्रो भएको छ । अहिले असहमतिको विचबाट सहमति खोज्ने बेला हो।
मन्त्री रायमाझीले कसैको पनि पूर्ण रुपमा पक्षमा सहमति नभएकोले प्रारम्भमा सबैको असन्तुष्टि देखिएको उल्लेख गर्दै विस्तार सबैले यो सहमतिलाई मान्ने दावी पनि गरे।
साक्षात्कारमा अर्का मन्त्री सूर्यमान गुरुङले आन्दोलन अराजक बन्दै शान्ति र संविधानमा अवरोध उत्पन्न गरेर सरकार चुप लागेर नबस्ने भन्दै सबै आन्दोलनलाई मिलाएर सरकार शान्ति र संविधानको पक्षमा अगाडि बढ्ने बताए। उनले अधिकार माग्ने बेला अहिलेनै भएकोले अहिले भईरहेका आन्दोलनहरु स्वभाविक भएको भन्दै आन्दोलनलाई अराजक बनाउन नहुने धारणा राखे।जेठ १४ भित्रै संविधान बन्ने दावी गर्दै उनले सबै पक्षलाई मिलाएर सहमतिको संविधान बनाउन सरकार संबेदनशिल भएको बताए। उनले संविधान जारी हुने विषयमा विश्वासको संकट भएको भन्दै विश्वासको संकट अन्त्य गरेर संविधान जारी गर्नुको विकल्प नभएको स्पष्ट पारे।
एमालेको तर्फबाट मन्त्री बनेकी राधा ज्ञावलीले बन्द गर्दा बन्द कर्ताकै माग पुरा गर्न अप्ठ्यारो आउने चेतावनी दिदै बन्द जारी राख्ने हो भने संविधान नै बन्न अप्ठ्यारो हुने तर्फसचेत गराईन्। उनले सरकार असन्तुष्ट पक्षसँग निरन्तर बार्तामा रहेको भन्दै सबैको माग पुरा गरेर संविधान जारी गर्ने दृढता ब्यक्त गरिन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस