Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जिम्मेवारी नपाएकोमा मन्त्रीहरु असन्तुष्ट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ जेठ । मन्त्री पदको सपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियूक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकोमा असन्तुष्टि ब्यक्त गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञावलीले पार्टीले शिक्षामन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन्।

उनले मुलुकको यो जटिल अवस्थामा एक मिनेट पनि जिम्मेवारी विहीन रुपमा मन्त्रीहरु बस्न नहुन भन्दै जिम्मेवारीको आवश्यकतामा जोड दिईन्।

उनले पार्टीले बेभसाईडमा शिक्षा मन्त्री भनेर लेखेका कारण पनि आफूलाई अप्ठ्यारो परेको बताईन। उनले भनिन-बधाईको ओईरो लागेको छ सबै कुन मन्त्रालय भन्छन् के भन्ने लाजमर्दो हुन्छ।

काग्रेसका तर्फबाट मन्त्री बनेका सूर्यमान गुरुङले पनि मन्त्री भएपछि बधाईसँगै कुन मन्त्रालय भनेर शुभचिन्तकहरुले सोध्दा आफू अप्ठ्यारो परेको गुनासो गरे। उनले मन्त्रालय नपाए पनि आफू शान्ति र संविधान निर्माणकै काममा लागेको भन्दै भोलि कुन बेला फर्कनु पर्ने हो भन्ने निश्चित नभएकोले मन्त्रीक्वार्टरमा समेत नबसेको बताए। उनले भने- भोलि फर्किहाल्नु पर्छ किन मन्त्री क्वार्टर जाने। बरु मेरै झुपडी सहज छ।

माओवादीका तर्फबाट मन्त्री बनेका टोप बहादुर रायमाझीले भने शान्ति र संविधान निर्माणको काम भएकोले एउटा मन्त्रालयमा सिमिति हुन नपरेकोमा खुसी बयक्त गर्दै भने-म पूर्ण रुपमा देशको लागि लागी परेको छु। मन्त्रालय पाएको भए मन्त्रालयको काममै सिमित हुन्थे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by