आम्भु जेठा / एचकेनेपाल डट कम-
हङकङ, १३ मे । झापा जिल्लावासीहरुले मंकिहिलको डाँडामा आइतवार नेपाली नयाँवर्ष २०६९ मनाएको छ। नयाँवर्षको अवसरमा हङकङवासी नेपालीहरुको वृहत झापाली भेटघाट कार्यक्रमको आयोजना हङकङ झापा मञ्चले गरेको थियो।
मञ्चले आयोजना गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादी पार्टी हङकङका सचिव जे. वी. ओख्रवु र सहसचिव पवन वस्नेत, नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा र निवर्तमान अध्यक्ष हेम लिम्बू, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तामाङ घेदुङ संघका अध्यक्ष दुर्गा तामाङ लगायतका नेताहरुले नयाँ वर्षो अवसरमा वृहत झापाली भेटघाट कार्यक्रममा आ-आफ्नो मन्वब्य राखेका थिए। उनीहरुले संविधानको विषयमा चासो राखेका थिए।
तस्विरहरूः जगतअम्बु गुरूङ र आम्भु जेठा / एचकेनेपाल डट कम
मंकिहिलको डाँडाबाट नेताहरुले नेपालको संविधानको विषयमा चासो र चिन्ता प्रकट गरेका थिए। जेठ १४ को संविधानसभाबाट नेपालीको भविशष्य सुनिश्चितताको विषयमा चासो राखेका थिए। जनजातिसंग आवद्घ नेताहरुले जनजाति सभासदहरुलाई सुझाव र दवाव दिनु पर्नेमा जोड दिएका थिए।
एकीकृत नेकपा माओवादी पार्टी हङकङका सचिव ओख्रवुले माओवादी पार्टीले जनतालाई धोका दिन नहुने वताउदै पहिचानसहितको संघीयता हुनु पर्ने बताए।
नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापाले महासंघको कार्यालय खरिद गर्ने तयारि गरेको वताए। उनले कार्यालयको लागि नेपाली समुदायवाट हङकङ डलर तीनलाख भन्दा माथि संकलन गरि सकेको बताएका छन्। महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बूले नेपालीको साझा कार्यालयको विषयमा सवै नेपाली एकजुट हुनुपर्ने बताए। आफ्नो कार्यालयको वारेमा सवै नेपाली एकजुट भइ हङकङ सरकारसंग संवाद गर्नु पर्ने लिम्बुले बताए। यसरी, त्यतिकै मात्रमा संवाद गर्न सकेमा सरकारले नेपालीलाई क्लबघर दिने संभावना नजिक रहेको लिम्बूले बताए।
विविक्यूसहित भएको भेटघाट कार्यक्रमको अवसरमा मञ्चको आजीवन सदस्यताको प्रमाण पत्र प्रमुख अतिथि प्रदिप थापाले वितरण गरेका थिए। पाँचसय हङकङ डलर तिरेपछि हङकङ झापा मञ्चको आजीवन सदस्य वनेर प्रमाण पत्र पाएको मञ्चका एक आजीवन सदस्यले वताए।
मञ्चका अध्यक्ष चन्द्र वहादुर लिम्बुको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा सचिव क्षेत्र सुब्बाले कार्यक्रम संचालन गरेका थिए। मञ्चको औपचारिक कार्यक्रमलाई उपाध्यक्ष डम्बर लिङदेनले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
CLICK HERE TO VIEW MORE PHOTOS