आरजु / एचकेनेपाल डट कम-
पोखरा, १ जेठ । गण्डकी-धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले यातायात सम्बन्धी संघसंस्था दर्ता प्रक्रिया अघि नबढाउने लगायतका माग पुरा गराउन दवाबस्वरुप पोखरामा चक्काजाम गरिरहँदा सडकमै एक बच्चीको ज्यान गएको छ।
आन्दोलनकर्तालाई नागरिक अगुवा तथा अधिकारकर्मी र परिवारका सदस्यले विरामीहरु र अत्यावशकिय काममा हिंडेका जो कोहीलाई अवस्थालाई हेरेर गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
तत्कालको आवश्यकतालाई मध्यनजर नगर्दा र संवेदनशिलतालाई ख्याल नगर्दा आज बिहानै पर्वतको शंकरपोखरीबाट ६ महिनाकी वालिकाको उपचार गर्न पातिचौरबाट ट्याक्सी रिजर्ब गरेर पोखरा ल्याई पुर्याउँदा गोविन्द भुषालले आफ्नी छोरीलाई गण्डकी अस्पतालसम्म पुर्याउनै पाएनन्।
पोखराको पालिखेचोकमा आईपुग्दा यातायात व्यवसायीले चोकमा गाडी तेर्स्याएर राखेकोले जाममा परेको ट्याक्सी अस्पतालसम्म पुर्याउन नसकिएको भुषालले बताए। साढे १० वजे नजिकको फिस्टेल अस्पतालमा जाँच गर्न लैजाँदा बालिकाको बाटोमै मृत्यु भईसकेको रहेछ, भुषालले भने।
छोरीलाई उच्च ज्वरो आएको र वान्ता गरेपछि थापाठाना मेडिकल हलमा लगेका थियौं, आँखाभरि आँशु निकाल्दै भुषालले भने “त्यहाँबाट पोखरा लैजान रिफर गरेपछि हतारमा ट्याक्सी रिजर्व गरेर पोखरा ल्याएका थियौं तर बस व्यवसायीको चक्काजामको कारण ट्याक्सी जाममा पर्यो, छोरीलाई अस्पताल पुर्याउन सकिएन उनको बाटैमा ज्यान गयो।”
गाडीहरू तेर्साएर यसरी गरियो चक्काजाम, तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस