Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अग्नि एयरको विमान दुर्घटनाः १५ जनाको मृत्यु (Photo+ Video)

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १ जेठ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एअरको डोर्निएर विमान सोमवार विहान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोकिएर दुर्घटना भएको छ।

दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट विमान परिचालिका आर हाइजू, दुई भारतीय नागरिक, दुई बालकसहित ६ जनाको जीवितै उद्धार गरिएको छ। घाईतेहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

फाइल फोटोः
विमानमा १८ यात्रुसहित ३ जना चालक दलका सदस्य थिए। विमानमा क्याप्टेन प्रभुशरण पाठक, सहायक चालक एसबी महर्जन र एयरहोस्टेज आर हैजू थिए। विमानमा १६ जना भारतीय, २ विदेशी यात्रु सवार थिए। भारतीय यात्रुहरु मुक्तिनाथ दर्शनका लागि विमान चार्टर गरेर गएको जनाइएको छ।

पोखराबाट जोमसोमका लागि छुटेको बिमान बिहान नौ बजेर ४५ मिनेट जाँदा डाँडामा ठोक्किएको जनाइएको छ।

यही हो विमान दुर्घटना भएको स्थान। तस्वीरः उमेश पुन, एपी

अस्पतालमा घाइते एयर होस्टेज रोशनी हाइजु

घाइते यात्रुहरु
आर एन्ड्रीअस र टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी र तिरुमाला किदाम्बी श्रीपाद (भारत)
एयर होस्टेज रोशनी हाइजु (नेपाल)
पाँचैजनाको अवस्था सामान्य, अस्पतालबाट उपचारपछि घर फर्कन लागेका।
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत) मणिपाल शिक्षण अस्पतालमा आइसीयुमा उपचाररत

मृतकहरू
१) के. मामान्या
२) एसके अरोरा
३) एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान्  कुमार
१३) श्रीमती कुमार

तस्विरहरूः उमेश पुन

पोखरा ल्याइदै घाइते विदेशी पर्यटक


अस्पतालमा उपचाररत घाइतेहरू

Watch Video

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by