Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सुकुम्बासी सबैलाई घर दिने केशब स्थापितको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३१ बैशाख । नवनियुक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयुक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन्।

नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आइतवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३० वटा तीन कोठे घर निर्माण गरेर राजधानीको चोभारमा बाग्मती किनारबाट विस्थापित सबैलाई पुनर्स्थापना गर्ने काम सुरु भएको समेत जानकारी दिए।

उनले सुकुम्बासीलाई बसोबासको ब्यवस्था गर्नु राज्यको कर्तब्य भएको भन्दै सुकुम्बासी भनेर आउने सबैलाई घर दिन सकिने योजना आफूसँग रहेको बताए। उनले भने-सबैलाई घर दिन सकिन्छ। राज्यको केही पनि जादैन घर दिदैमा,अब सुकुम्बासीले रोईकर्राई गर्ने अवस्था छैन।

तत्कालको लागि चोभारमा टेण्ट बनाएर बस्ने ब्यवस्था गरिने भन्दै त्यसकालागि सरकारले सुकुम्बासीलाई १५ हजार रुपैया राहतसमेत दिने स्पष्ट पारे। उनले चोभारमा सुकुम्बासीका लागि स्कुल, स्वीमङपुल, खाने पानी सबैको ब्यवस्था भएको आवास क्षेत्रको निर्माण गर्ने र अपाङ, अशक्तका लागि मासिक १५ हजार रुपैयाको रोजगारीको ग्यारेन्टी गर्ने समेत आफूसँग योजना गरेको दावी सो अवसरमा दावी गरे।

कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष विमला लामाले उठिबास लगाईका सुकुम्बासीलाई बैकल्पिक ब्यवस्था नहुन्जेलको लागि तत्काल बसोबास र खानपानको ब्यवस्था मिलाउन माग गरिन्। सरकारले रातारात अराजक शैलीमा उठिबास लगाएको भन्दै आपत्ति समेत ब्यक्त गरिन्।

सुकुम्बासी सीता दनुवारले सरकारले भने अनुसारको चोभारमा पुर्नस्थापना गर्ने विषयमा आफूहरुलाई आशा नभएको भन्दै आफूहरुको बैकल्पिक ब्यवस्था नहुन्जेल बसोबास, खानपिनको ब्यवस्था गर्नु पर्ने माग गरिन्।

क्लबका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्रीले सुकुम्बासी समस्या समाधानमा चालेको कदमको सरहाना गर्दै समस्या समाधानको लागि प्रधानमन्त्रीले योग्य ब्यक्तित्वको रुपमा केशब स्थापितलाई नियुक्त गरेको धारणा राखे। उनले सञ्चारकमीहरु सुकुम्बासीको पक्षमा रहेको भन्दैम क्लब खुलेरै सुकुम्बासीको पक्षमा लाग्ने घोषणा गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by