Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संघीयता विरोधी मिडिया बहिष्कार गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, ३१ बैशाख । नेपाल आदिवासी जनजाति महासंघले संघीयता विरोधी मिडियालाई बहिष्कार गर्ने चेतावनी दिएको छ।

आज रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई एक ज्ञापनपत्र बुझाउँदै महासंघका महासचिव आङ काजी शेर्पा किसानले त्यस्तो चेतावनी दिएका हुन्।

ज्ञापन पत्र बुझाउँदै शेर्पाले महेन्द्र मोडलको हिमाल पहाड तराई प्रदेशसँगै अखण्ड सुदूरपश्चिमको मागप्रति आक्रोस पोखे। उनले अखण्ड र भूगोलको आधारमा संघीयता बनाएर फेरी बाहुन र क्षेत्रीले शासन गर्ने षडयन्त्र भईरहेको भन्दै ज्ञानेन्द्रको पैसा खाएर शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, भीम रावल, कृष्णप्रसाद सिटौला, टोपबहादुर रायमाझी, कमल थापा र त्रिबहादुर केसीले संघीयता विरोधी आन्दोलन गरेको आरोप लगाए। उनले चेतावनी दिदै भने-संघीयता विरोधी आन्दोलन तत्काल फिर्ता नलिए हामी त्यसको प्रतिकारमा उत्रन्छौं।

भौगोलिक पहिचानको आधारमा संघीयता स्वीकार्य नहुने स्पष्ट पादै ज्ञापन पत्र मार्फत उनले पहिचान विरोधीलाई होसियार रहन चेतावनी पनि दिए।

खस हिन्दूअंहकारबादी सञ्चारकर्मीहरुले सुनियोजित रुपमा संघीयताको विरोध गरेको भन्दै त्यस्तो कार्य तत्काल नरोके त्यस्ता सञ्चारकर्मी र माध्यमको बहिष्कार र विज्ञापन रोक्ने चेतावनी समेत ज्ञापन पत्रमा दिईएको छ।

ज्ञापनपत्र बुझ्दै क्लबका अध्यक्ष धमलाले रिपोर्टर्स क्लब जातीय संघीयताको पक्षमा नरहे पनि सबैको सम्मान हुने गरी समन्वयात्मक ढंगले संघियता हुनु पर्ने पक्षमा रहेको भन्दै त्यसकोलागि क्लबले समन्वयकर्ताको भूमिका साक्षात्कारसहित विभिन्न फोरमबाट सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by