सन्तोष काफले / एचकेनेपाल डट कम-
धरान, ३१ वैशाख । राष्ट्रिय लोकतान्त्रिक राष्ट्रिय पार्टी निकट एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषदले तोकिएको समयमा स्वायत्त लिम्बुवानसहितको संघीय संविधानको माग गर्दै आव्हान गरेको लिम्बुवान वन्दको कारण धरानसंगै पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।
अरुण सप्तकोशी पूर्व का नौ जिल्ललाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त लिम्बुवान राज्य घोषणाको माग गर्दै परिषदले आज लिम्बुवान वन्दको आव्हान गरेको हो।
वन्दको कारण धरानबाट चल्ने छोटो तथा लामो दूरीका सवारी चल्न सकेका छैनन् भने बजार तथा पसलसमेत ठप्प छन् भने कल कारकाखाना र शैक्षिक संस्था समेत खुलेका छैनन्।
बन्दका कारण पूर्वी पहाडी जिल्लाहरु धनकुटा तेह्रथुमलगायतका ठाउंमा यातायात चल्ल्न सकेका छैनन भने वजार पसल र शैक्षिक संस्था समेत खुल्न सकेका छैनन्।
काठमाडौ लगायतका ठाउंबाट पूर्वी पहाडी जिल्लाको लागि आएका यात्रुहरु धरानमै अलपत्र परेका छन्। बन्द सफल बनाउन बन्दकर्ताहरु विहानैदेखि सडकमा निस्केका छन्। परिष्दले बन्द सफल पार्न हिजो धरानमा मसाल प्रदर्शन गरेको थियो।
बन्दका क्रममा प्रेस, एम्बुलेन्स, दुधका गाडी कुटनीतिक नियोग मावनअधिकार लगायतका अत्यावश्क सवारी साधानलाई भने प्रतिवन्ध लगाइएको छैन।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस