सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ३० वैशाख । सन् १८८० मा स्थापित टुबोर्ग बियर विश्वका ७० देशहरुमा उपलब्ध छ। नेपालमा आम उपभोक्ताहरुमाझ अत्याधिक लोक प्रिय र सर्वाधिक बिक्री हुने टुबोग बियर शनिवार मेइ १३ तारिखमा १३२ औं वर्षमा प्रवेश गरेको छ। यही सुभअवसरमा गोरखा ब्रुअरीले टुबोर्गको ठूलो क्यान (५०० मि.लि.) बजारमा उपलब्ध गराउने घोषणा गरेको छ।
ठूलो क्यान (५०० मि. लि.) विश्वका अरु टुबोर्ग बजारमा उपलब्ध छ र बियरका उपभोक्ताहरुले यसलाई अत्याधिक रुपमा रुचाईरहेका छन्। ठूलो क्यान को बिक्री विश्वका सबै बजारमा बढ्दो क्रममा छ र आधुनिक र समय सुहाउँदो प्याकको रुपमा स्वीकारिएको छ।
टुबोर्ग ठूलो क्यान (५०० मि. लि.) को मूल्य प्रति क्यान रु १६०/- भएता पनि बजार प्रवर्द्धनका लागि प्रारम्भिक मूल्य भने प्रति क्यान रु १५०/- राखिएको छ। टुबोर्ग को अन्तर्राष्ट्रिय गुणस्तर मन पराउने बियर का पारखीहरुलाई टुबोर्ग नै रोज्न यो मूल्यले अझ सुलभ बनाएको छ।
बोतल भन्दा हलुका, चाडै चिसो हुने, धेरै क्यानहरु झोलामा बोक्दा पनि आवाज नआउने र फुट्ने सम्भावना समेत न्यून रहेको टुबोर्ग ठूलो क्यानको मुख्य बिशेषताको कारणले गर्दा पहिलो पटक स्थानीय बजारमा उपलब्ध गराउन लागिएको हो। टुबोर्ग बियर पहिले दखिनै बजारमा ६५० मि.लि बोतल र ३३० मि.लि क्यानमा उपलब्ध हुदै आईरहेको छ भने, अब अझ आफ्नो पारखीहरुको इच्छा र मागलाई मध्यनजरमा राखि ५०० मि.लि.को ठूलो क्यान स्थानीय बजारमा ल्याउन लागिएको हो।
टुबोर्ग बियर स्थापनाकाल देखिनै विश्वभरि बिभिन्न सांगीतिक कार्यक्रमहरुमा संलग्नता रहदै आईरहेको छ। नेपालमा टुबोर्ग, बियरका पारखीहरुमा एक अभिन्न अंग बनेको छ। टुबोर्गले नेपालमा बिभिन्न सांगीतिक कार्यक्रमहरुमा हातेमालो गर्दै आईरहेको छ जसमा टुबोर्ग इमेज अवार्ड, टुबोर्ग दोहोरी प्रतियोगीता, कुटुम्ब सांगीतिक यात्रा, अन्तर्राष्ट्रिय संगीत सप्ताह, ब्रायन एडमस् कर्न्र्सट प्रमुख हुन् भने अरु थुप्रै क्षेत्रिय सांगीतिक कार्यक्रमहरुमा सहभागी जनाएको छ। यिनै प्रस्तूतीहरुका कारणले गर्दा आज टुबोर्गले बजारमा प्रमुख बियर ब्राण्डको स्थान हासिल गर्न सफल भएको व्यापार प्रवर्धन निर्देशक आशिष बिष्ट बताउनुहुन्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस