Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानमा साकेला

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३० बैशाख ।

रातो भाले रेटिन्छ
नमरि बाचे अर्कौ साल भेटिन्छ
सोइ ढोले सोइ सोइ ढोले सोइ

अहिले पूर्वी नेपाल त्यसमा पनि धरानमा यी यस्ता भाका चौक चोकमा सुनिन्छन्।

ढोल झ्याम्टा साथै दौरा सुरुवाल अनि गुन्यु चोलीमा सजिएर धरानमा साकेला सिली प्रस्तुत गरेको दृश्यहरु प्रशस्त देख्न सकिन्छ।

तस्विरहरूः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

सिलीमा बालकदेखि वृद्धवृद्धाहरुको पनि उत्तिकै सहभागीता रहेको छ। अहिले धरान साकेला मय वनेको छ। राई जातिमा मात्र नभई साकेलामा गैरराईहरुको समेत उतिकै सहभागिता रहेको छ। धरान को विशेषता नै हो यहाँ हरेक जातिका चाड पर्वहरुमा सवै जात जातिको उत्तिकै सहभागीता रहने गरेको छ।

गत आइतबारदेखि सुरु भएको किरात राईहरुको उभौली असरमा साकेला नाच पनि पूर्वी नेपालका राई जातिहरुको बाहुल्य रहेका जिल्लाहरुमा धुमधामका साथ सुरु हो।

गोरुको मासु जौ को भात
किरातिको यहि हो जात
सोइ ढोले सोइ अर्का ढोले खै

यस्तै यस्तै प्रकारका साकेला सिली गाउदै हातमा चौरीको चम्मर, झयाम्टा र काधमा ढोल बोकेर चण्डि अर्थात साकेला नाचिरहेका किराँत राइहरु आइतवारवाट पूर्वी नेपालभरी नाचिरहेका छन्। विशेष गरी माझ किरातले चिनिने खोटाङ, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङगा, धनकुटा, इलाम, सुनसरी, लगायतका जिल्ला सदरमुकाम तथा दुर्गम गाउंहरुमा साकेला नाच सुरु गरिएको किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए। उनका अनुसार किराँत राईहरुले प्रत्येक फागु पूर्णिमाका दिनदेखि उभौली पर्बका अबसरमा एक महिनासम्म साकेला नाचलाई महान चाडका रुपमा मनाउदै आएका छन्। मात्र होइन तराईका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काकडभिट्टालगायतका मुख्य शहरहरु पनि साकेला सुरु भएको छ।

पूर्वी नेपालका शहर, गाउं, टोल र घरघरमा आफनो किराँत भेषभूषामा सजिएका किरात राईहरु यतिवेला ढोल, झयाम्टा र विभिन्न सिलीमा नाचिरहेका छन्। हल्का घरमा पारेको कोदोको आराखा (रक्सी ) खादै नाच्ने किरात राईहरु यतिवेला साकेला नाचमा रमाउन थालेका छन्।

यो पर्वले किरात राईहरुका लागि बर्ष दिनसम्म भेट नभएका परिवारलाई समेत भेट गर्ने अवसर जुराइ दिएको छ। हिन्दू धर्ममा जसरी हिन्दू धर्मालम्बीहरु एकै साथ भेला भएर दशैं र तिहार मनाएर रमाइलो गर्ने प्रचलन छ त्यसरी नै किरात राईहरु पनि यस पर्वमा असाध्यै रमाउने गरेका छन्। देश विदेशमा छरिएर रहेका किरात राईहरु यतिवेला आआफ्ना घरमा भेला भैसकेका छन्।

किरात धर्म अनुसार बालीनाली लगाउँने समय शुरू भएको प्राकृतिक संकेत पाएपछि आफूले लगाएको बाली राम्ररी सप्रियोस, भलबाढी पहिरो नआओस्, प्राकृतिक बिपत्ति ननिम्तिओस् भनि भूमिको कामना गर्दै साकेला उभौली मनाईने गरिएको किरात राई यायोख्याका केन्द्रीय उपाध्यक्ष राईले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by