Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नर्सहरुले नाईटिंगललाई क्याण्डल बालेर सम्झिए

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३० बैशाख । गरिव, दीनहिन विमारीहरुको निस्वार्थ निरन्तर सेवा गरेर नाम कमाएकी विश्वकी महान नर्स फ्लोरेन्स नाईटिंगललाई शनिवार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा विद्यार्थीहरुले ममबत्ति बालेर सम्झेका छन्। १९२औं अर्न्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा उनीहरुले लाईटिगललाई सम्झेका हुन्।

उनीहरुले फ्लोरेन्स नाईटिगलको जस्तै निरन्तर सेवा र विमारीको सहयोग गर्न आफूलाई सक्षम हऔ भनेर मम बत्ति बालेर प्रार्थना समेत गरेका थिए।


हातमा क्याण्डिल लिएर यता उता घुमिरहेका प्रतिष्ठानका नर्सहरु क्याण्डिल लिएर सामुहिक तस्विर खिचाउदै। उनीहरुले हातमा क्याण्डिल लिएर विश्वकी महान नर्स फ्लोरेन्स नाईटिगललाई सम्झेका छन्। तस्विरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

कार्यक्रम स्थलबाहिर आफूलाई नाइटिंगल सम्झेर मोवाईल र क्यामेरामा तस्विर खिचाउनेको निकै भीड समेत लागेको थियो। उनीहरुले फ्लोरेन्स नाईटिगल सम्झेर एक आपसमा तस्विर खिचाएका थिए।

‘बैज्ञानिक सेवा प्रदान गरौ, अनुसन्धान र सेवाको दूरी घटाऔ’ भन्ने नाराका साथ यो बर्षो १९२औं अर्न्तराष्ट्रिय नसिंङ दिवस विश्वभरका नर्सहरुले मनाउका छन्। सोही अवसरमा प्रतिष्ठानको नर्सिंङ विभागले एक कार्यक्रम गरि नर्सिङ दिवस मनाएको हो।

नर्सिङ विभागकी प्रमुख प्राडा मंगला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर, नर्स, विद्यार्थी, प्राध्यापकलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन प्राडा हीरादेवी प्रधानले गर्नु भएको थियो।

कार्यक्रममा प्रतिष्ठानमा नर्सिङ अध्ययनरत श्रुति साहले बैज्ञानिक सेवा भन्नाले के बुझ्ने, रीता पोखरेल र सीला मैनालीले बैज्ञानिक खोजको आधार तथा प्रतिभा ढकालले सेवा पद्धतीलाई कसरी समायानुकूल परिर्वतन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको प्रतिष्ठानका सहायक प्रवक्ता र्एव नसिङ विभागका प्राध्यापक श्याम निरौलाले जानकारी दिए।

कार्यक्रममा तिनरुपा भट्टराईले नसिङ संघको भूमिकाबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा कर्मचारी विद्यार्थीलगायत ५ सय बढि नर्सहरुको सहभागिता रहेको थियो।

युद्धमा परेर घाईते भएका तथा असहाय विमारीको बत्ति बालेर पनि निरन्तर ११ बर्षसम्म कोलाम्भीयाको फ्लोरेन्स हस्पिटलमा नाईटिंगलले सेवा गरेकी थिईन्। उनकै सम्झनामा १९२ बर्षअघिदेखि अर्न्तराष्ट्रिय नर्सिङ दिवस मनाईदै आईएको छ। नर्स पेसामा लागेकाहरु नाईटिगलजस्तै निस्वार्थ सेवामा लाग्न यस दिन प्रार्थना गर्ने गरिन्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by