Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संयुक्त लिम्बुवान मोर्चा हङकङले कार्यगत एकता गर्ने

आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, १० मे । संयुक्त लिम्बुवान मोर्चा हङकङले नेपालमा नव गठित संयुक्त लिम्बुवान संर्घष समितिसंग कार्यगत एकता गरि अघि बढ्ने बताएको छ।

नेपाली महासंघ हङकङको कार्यालयमा बुधवार बसेको वैठकमा नेपालमा नजिकिदै गरेको संविधान सभा र लिम्बुवानको विषयमा छलफल भएको जानकारी वैठकका संयोजक कृष्णराज लावतीले दिए।

संयुक्त मोर्चाको वैठकमा नेपालमा नव गठित संयुक्त लिम्बुवान संर्घष समितिसंग कार्यगत एकता गरि अघि बढ्ने संवन्धमा विभिन्न विषयहरु प्रस्तुत भएको थियो।

लोकतान्त्रिक लिम्बुवन मञ्चका संयोजक ओमराज सम्वाहाम्फे, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिको सचिव रविन लिङदेनले जातीय पहिचानसहितको संघियताको लागि जनजाति सभासदहरुलाई दवाव दिनुपर्ने बताएका छन्।

लिम्बुवान पहिचानसहितको माग अघि सार्दै आन्दोलनरत संघर्ष समितिको विभिन्न कार्यक्रमलाई स्वागत गरेका छन्। उक्त समितिलाई हङकङबाट हुनसक्ने सहयोग गर्ने बताएका छन्।

लिम्बुवान मोर्चाका अध्यक्ष दिल पालुङवाले नौ जिल्ला सहितको लिम्बुवान राज्य हुनुपर्ने धारणा राखेका थिए। उनले नेपालमा आन्दोलनरत लिम्बुवान संघर्ष समितिसंग कार्यगत एकता जनाउने धारण राखे।

मञ्च सम्वद्घ संघीय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको तर्फबाट झरमान लिङदेनले आइएलओ १६९ को आधारमा जातीय पहिचान सहितको नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने बताए। लिम्बुवान मुक्ति मोर्चा हङकङका अध्यक्ष प्रकाश याक्सो र सचिव देवेन्द्र शेर्माले कुनै पनि हालतमा नै जिल्ला भन्दा कम भएको संविधान नमान्ने विचार राखेका थिए।

नेपालमा संयुक्त लिम्बुवान संघर्ष समितिको तर्फबाट भइरहेको आन्दोलनलाई पूर्णरुपमा सहयोग गर्ने सहमति भएको थियो। दमकमा यहि वैशाख ३० मा हुदै गरेको आम सभालाई यहाँको संयुक्त मोर्चाले आर्थिक सहयोगसहित नैतिक समर्थन गर्ने वैठकले घोषणा गरेको छ। केही रकम पठाई सकेको जानकारी बैठकमा सहभागि नेताहरुले गराएको छ।

किरात याक्थुङ चुम्लुङ हङकङको संयोजकत्वमा भएको वैठकमा यहाँका सवै लिम्बुवानवादी संघ–संगठनहरुको उपस्थितिमा उक्त वैठक वसेको थियो। वैठकको अध्यक्षता चुम्लुङको अध्यक्ष कृष्णराज लावतीले गरेका थिए। चुम्लुङको सचिव नन्द चङसु, उपाध्यक्ष हस्त लिवाङले आ–आफ्नो धारणा राखेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by