Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अपडेटः बन्द फिर्ता !

एचकेनेपाल डट कम-
काठमाडौ, ३० वैशाख । संयुक्त संघर्ष समितिले आज शनिवार आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ। लगातार २ दिनसम्म बन्दका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको तथा किरात समूदायको चन्डी नाच पर्व परेको भन्दै समितिले बन्द फिर्ता लिएको हो।

जातीय सद्भाव कायमै राख्न तथा किरातको पर्वको सम्मान गर्दै आजको बन्द फिर्ता लिएको समितिका अध्यक्ष दिलबहदुर क्षेत्रीले बताएका छन्। चन्डी किरात समुदायको राष्ट्रिय चाड भएकाले त्यसलाई साझा संस्कृतिकारुपमा लिएको बताए। किरात समुदायले बन्द फिर्ता लिन आग्रह गरेपछि नेपाल बन्द फिर्ता लिने निर्णय गरेको उनले बताए।

मुख्य तीन दलका नेताहरुसंग शुक्रवार वार्ता असफल भएपछि शनिवार पनि नेपाल बन्दको आह्वान गरेको थियो। तत्काललाई बन्द फिर्ता लिएपनि साँझसम्म आन्दोलनका थप कार्यक्रम ल्याइने समितिमा आवद्ध नेपाल दशनामी समाजका रविन्द्र गिरीले बताएका छन्।

वार्ता असफल भएपछि भोलि पनि बन्द!
दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २९ वैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त मोर्चा नै गठन गरी आन्दोलन गर्दै आएका संगठनहरुले विहीबार र शुक्रबार आयोजना गरेको नेपाल बन्द भोलि शनिबार पनि बन्द हुने भएको छ।

मुख्य तीन दलका नेताहरुसंग काठमाण्डौमा भएको वार्ता असफल भएपछि आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै शनिबार पनि नेपाल बन्दको कार्यक्रम तय गरिएको क्षत्री समाज नेपालका अध्यक्ष डाक्टर दीलबहादुर क्षेत्रीले जानकारी थिए। क्षेत्रीले आफ्ना मागबारे दलहरु गम्भीर नभएको बताउदै वार्ता असफल भएका कारण त्यसको बिरोधमा शनिबार नेपाल बन्द र आईतबारको बारेमा शनिबार निर्णय गर्ने बताए।

तस्विरहरूः उमेश पुन / एचकेनेपाल डट कम

हिजोबाट गरेको दुइ दिने नेपाल बन्दको दोश्रो दिन आजपनि देशभरिको जनजीवन प्रभावित भएको छ। अन्य जातीमा राखिएका व्राम्हण, क्षेत्री, दशनामी, ठकुरी, दलित लगायतका समुदायले संर्घष समिति नै बनाएर आयोजना गरेको बन्द छिटपुट घटना वाहेक दोश्रो दिनको वन्दपनि शान्तिपूर्ण रहेको छ।

यसैबीच, वन्दको क्रममा पोखराको पृथ्वीचोक, पार्दी विरौटा र अम्मरसिंहचोक क्षेत्रमा अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको बोर्ड राखिएको छ। तमूवान स्वायत्त गणराज्य नेपाल लेखिएको बोर्ड हटाउन खोजेपछि प्रहरीले कडा सुरक्षा गरेका कारण आन्दोलनकारीले शुक्रबार पोखराको पृथ्वीचोक, विरौटाचोक र अम्मरसिंहचोक क्षेत्रमा अखण्ड नेपाल पश्चिमाञ्चलको वोर्ड स्थापना गरेका हुन्।

पृथ्वीचोकमा दोश्रो वोर्ड गाड्ने बेला प्रहरीसँग झडप भएपछि आन्दोलनकारीले विरौटा चोकमा अर्को वोर्ड राखेका हुन्। विरौटाचोकमापनि वोर्ड राख्ने समयमा केहीबेर प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारीले अखण्ड पश्चिमाञ्चल कायम राख्न माग गर्दै नाराबाजीसमेत गरेका थिए।

झडपको क्रममा ३ जना भन्दा बढी आन्दोलनकारी घाईते भएका छन। स्याङजा टक्सार घर भई हाल पोखरा पार्दीमा बस्दै आएका ५५ वर्षीय चन्द्रबहादुर पोखरेलको खुट्टामा चोट लागेकोछ, पोखरा प्रर्स्याङका २१ वर्षीय निसान थापालाई घाँटीमा चोट लागेको छ भने कास्की भरतपोखरीकी १८ वर्षीया करुणा भण्डारीको खुट्टामा चोट लागेको छ।

कास्कीको पुम्दी भुम्दीबाट हेमराज बरालसहितको एक टोली नारा जुसुलसहित पोखरा आएको थियो। त्यसै गरी, हेमजामा संर्घष समितिले गीति नाटक प्रदर्शन गरी भजन चुड्कासमेत प्रस्तुत गरिएको थियो।

बन्दमा पैदल यात्राः नयाँ बेहुली, बेहुला र जन्तीहरू।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by