Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बेल्जियममा किरातहरुको उभौली चाडसंगै नयाँ कार्यसमिति चयन

मुना राई / एचकेनेपाल डट कम-
बेल्जियमको पर्यटकीय शहर ब्रुजको डे कर्फ सभागृहमा किरातहरुको तेस्रो अधिबेशन साथै किरात चाड उभौली भव्यरुपमा सम्पन्न भएकोछ।

कार्यक्रममा बेल्जियम भरिका किरातहरु राई,लिम्बु, याक्खा, सुनुवारसाथै अन्य सामाजिक संघसंस्थाहरुका प्रतितिनिधिहरु र अन्य गैरकिरातहरु समेतको सहभागिता रहेको थियो। हलमा उपस्थित सबै महानुभाबहरुलाई केन्द्रीय सदस्य माकुना किरातले सेवारो,सेमुना,नमस्कार गर्दै स्वागत गरि शुरु भएको कार्यक्रममा संस्थाकै अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा संस्थाका महासचिब मुना राईले नियमित कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

सुरुको बन्दसत्रमा महासचिब मुना राईबाट पेश बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिमल सुब्बाबाट पेश गरिएको आर्थिक प्रगति प्रतिबेदनहरुमा बृहत छलफल गरि अनुमोदन गरिएको थियो भने कार्यसमितिको दुईबर्षे कार्यकाल समाप्त भै नयाँ कार्यसमिति चयनको लागि कार्यसमिति छनौटका मणिकुमार राई, शेर बहादुर राई र बदन योंगहांग किरातले छनौट गरि पेश गरेका २१ सदस्यीय नया कार्यसमिति पदाधिकारीहरुलाई सर्बसम्मतिबाट अधिबेशनले अनुमोदन गरेको थियो।

जसअनुसार नया कार्यसमितिमा पुन: अध्यक्षमा डिल्ली सुब्बा, उपाध्यक्षद्वयमा पूर्ण कांगबांग लिम्बु र लती राई, महासचिबमा मुना राई, सचिबमा कमल कुमारी लिम्बु (शोभा लिम्बु),कोषाध्यक्षमा बिमल सुब्बा, सहकोषाध्यक्षमा कविता साउदेन, सदस्यहरुमा शाही बान्तवा , जुना राई निरौला, कर्ण सुब्बा, केजिन राई, डम्बर सुब्बा, कविन्द्र सुब्बा, रेनुका राई, दुर्गा प्रसाद राई, ज्ञानेन्द्र कान्ग्बांग लिम्बु, देव किरात, सुरेश सुनुवार किरात, डम्बर सुब्बा इधिन्गो, रोशन देवान राई, रोबर्ट सम्बाहाम्फे साथै अनुभबि सल्लाहकारहरुमा हैकम सिंग राई, जय सुब्बा, शेर बहादुर राई,बेद बहादुर देवान किरात, नगेन्द्र खजुम, पुपुषा किरात, बदन योंगहांग, देवमान सुब्बा र निरज राईहरुलाई चयन गरिएको छ।

बन्दसत्रपछि खुला सत्रमा संस्थाका ज्येष्ट व्यक्तित्व हैकम सिंग राईद्वारा किरात दिप प्रज्वलन गरि च्याब्रुंग, साकेला नृत्यद्वारा अतिथिहरुलाई स्वागत गर्दै संस्थाका पूर्ब सल्लाहकार मणि कुमार राईले उभौली चाड र संस्थाको परिचय दिने क्रममा जस्तोसुकै कठिन अवस्थामा पनि जोशजाँगरकासाथ हाँसिखुसी भएर काम गरियो भने सफलता हात पार्न सकिन्छ भन्ने मान्यता किरातहरुको पनि रहेकोले बर्षा यामको कठिन दुखकष्टदायी श्रम गर्नुपर्ने व्यस्त समयमा पनि बालीनाली राम्रो होस्, दुखबिमार नहोस सबैमा भनि पूजापाठ गर्दै हाँसीखुसि जोशजागरकासाथ् नाचगान गरेर उभौली चाड मनाउने किरातहरुको गौरबशाली परम्परा छ भन्नुभयो। यसरी नै मन्तब्य दिने क्रममा तामांग समाज बेल्जियमका अध्यक्ष भरत तामांग, एभरेष्ट समाज ब्रुजका अध्यक्ष कमल पन्थी, प्रगतिशील मंचका क्षेत्रीय अध्यक्ष दुर्गा सुबेदी, पाशापुचका सूर्यदेबी श्रेष्ठ, तमुसमाजका मिना गुरुङ, शेर्पा समाजका जिन्ग्मे शेर्पा, एभरेष्ट समाज ब्रुजका महासचिब कुल बहादुर केसीलगायत बेल्जियम FMDO की IVY GOLDSMITH हरुले उभौली चाडको शुभकामना र नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पूर्ण सफलताको कामनासहित बधाई ज्ञापन गर्नु भएको थियो।

कार्यक्रमकै सिलसिलामा संस्थालाई आर्थिक, साँस्कृतिक सबै किसिमका अतुलनिय सहयोग गरेर बिशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमको बिचबिचमा किरात साँस्कृतिक टोलीबाट मनमोहक सुन्दर नृत्यहरु च्याब्रुंग, साकेलाबाट मनोरंजन गराउदै मिष्ठान्न भोजनहरुको राम्रो प्रबन्ध गरिएको थियो।

अन्तमा अधिबेशनका अध्यक्ष तथा कार्यसमितिका अध्यक्ष डिल्ली सुब्बाले उपस्थित सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्दै संस्थाले सधै किरातहरुलाई एकताबद्ध गरि सबै सामाजिक संघसंस्थाहरुसंग मैत्रीभाब, सदभाबका साथ हातेमालो गर्दै सक्दो मानबहितमा काम गर्ने प्रतिबद्धता पुन: दोहोर्याउदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by