राजेश राई /एचकेनेपाल डट कम-
काठमाडौ, २९ बैशाख । जनजाति संघसंस्थाहरूले एकीकृत नेकपा (माओवादी)का सभासद् सुदन किराँती र लक्ष्मी गुरुङमाथि बन्दकर्ताहरुबाट भएको कुटपिटको विरोध गरेका छन्। सभासद्वयमाथि गरिएको आक्रमणको विरोध गर्दै किराँती मुक्ति मोर्चा, किराँत राई यायोक्खा, किराँत राई विद्यार्थी संघ, किराँत राई लेखक संघलगायतका संघ सँस्थाले घट्नाको भर्त्सना गरेका छन्। जातिय पक्षधर सभासद् भन्दै बन्दकर्ताहरुले विहीवार कुटपिट गरेका थिए।
जडिबुटीमा बस्दै आएका किराँती र गुरुङमाथि संसदीय दलको बैठकमा भाग लिन जाने क्रममा आक्रमण भएको हो। ”संसदीय दलको बैठकमा भाग लिन हृवीप छ, त्यसैले जानैपर्ने भएकोले हिँडेका हौँ, भन्दा पनि छाडेनन्’ घट्नापछि किराँतीले भने ‘हामी सभासद् हौँ । तपार्इँहरुको आन्दोलनलाई नैतिक समर्थन गछौँ भन्दा पनि सामूहिक मनोविज्ञानमा असर पर्नेगरी गाली गर्दै लछारपछार गरियो।’
किराँती भोजपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद् र किराँती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव हुन्। गुरुङ रामेछापबाट समानुपातिकतर्फा सभासद् हुन्। उनले सुदूरपश्चिममा भएको थारुको आन्दोलनमा गोली चल्ने तथा निषेधित क्षेत्रमा मशाल जुलुश गर्दा प्रहरी मुकदर्शक भएर हेर्ने घट्नाबाट सरकार नै जातीय पहिचाहनको विरुद्धमा लागेको आशंका बलियो भएको दाबी गरे।
सभासद्द्धयमाथि गरिएको आक्रमणको विरोध गर्दै किराँती मुक्ति मोर्चा, किराँत राई यायोक्खा, किराँत राई विद्यार्थी संघ, किराँत राई लेखक संघलगायतका संघ सँस्थाले घट्नाको भर्त्सना गरेका छन्।
आक्रमणमा पहिचाहनसहितको संघीय राज्य निर्माणविरुद्ध पुरातनपन्थीहरुको हात हुनसक्ने भन्दै छुट्टा-छुट्टै जारी गरिएको विज्ञप्तिमा जातीय सद्भाव कायम राख्न सबै सचेत हुन जरुरी रहेको उल्लेख गरिएको छ। ‘यो आक्रमण नयाँ नेपाल निर्माणबिरुद्ध नेपालका आदिबासी जनजाति मुक्ति आन्दोलनमाथि भएको आक्रमण हो’ मोर्चाका सचिव प्रकाश राईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मोर्चा यस घटनाको घोर भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि तत्काल कडा कारबाही गर्नसमेत सरकारसँग माग गर्दछ।’
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस