Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरा बन्दमा झडपः २ घाइते, ११ राउण्ड अश्रुग्याँस प्रहार

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २८ बैशाख। जातीय पहिचानसहितको सङ्घीयताका विरोधमा ब्राह्मण तथा खस क्षेत्रीलगायतका सङ्गठनहरूले विहीबार पोखरा बन्द गराएको छ। बन्दका कारण यहाँका सर्वसाधारणको जनजीवन दिनभर जस्तो अस्तव्यस्त रह्यो।

बन्द गर्ने र बन्दको विरोध गर्ने दुई समूहबीच झडप हुंदा दुई जना घाइते भएका छन्। गम्भीर घाइते भएका छोरेपाटन बस्ने ४७ वर्षीय नरेन्द्र कार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, विरौटाका राजेन्द्र पाठक सामान्य उपचारपछि घर फर्केका छन्।

पृथ्वीचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको थियो। ढुंगामुढा गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बन्दको समयमा कुनै अप्रिय घटना हुन नदिन विहान साढे ५ बजेदेखि नै पोखरा र लेखनाथका मुख्य मुख्य चोकहरूमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तस्विरहरूः उमेश पुन र सुदर्शन रञ्जित / एचकेनेपाल डट कम


प्रदर्शनकारी तितरवितर पार्ने प्रयाशमा प्रहरी


प्रहरीतर्फ ढुंगा प्रहार प्रदर्शनकारी


बन्दमा परीक्षा दिएर फर्केका विद्यार्थीहरू


महिला प्रदर्शनकारीहरू


बन्दमा विमानस्थल जाने तयारीमा पर्यटक


बन्दका बेला निर्धक्क खेल्दै बालकहरू

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by