Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा नेपालको वर्तमान राजनीतिक विषयमा छलफल

आम्भु जेठा / एचकेनेपाल डट कम-
हङकङ, नेपालको वर्तमान राजनैतिक विषयलाई लिएर “भेटघाट तथा समसामायिक विषयको छलफल कार्यक्रम” आइतवार समपन्न भएको छ। पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाको समुपस्थितिमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङले उक्त कार्यक्रमको आयोजनामा गरेको थियो।

छलफल कार्यक्रममा वोल्दै मन्त्री खेवाले संयुक्त सरकारले जेठ १४ भित्रमा संविधान जारी गर्ने बताए। उनले जातीय पहिचानलाई पहिलो प्राथमिकता दिने त्यसपछि मात्र सामार्थ्यको आधारमा प्रदेशहरु निर्माण हुने बताए। प्रदेश निर्माण हुंदा पहिचानको आधारमा दश प्रदेश वन्ने बताए। वहुजाति भाषा भएको नेपालमा सवै जातिलाई समेट्ने संविधान वन्ने बताए। एकल पहिचानलाई सुनिश्चित गर्ने खालको प्रदेश वन्ने निश्चित भएको मन्त्री खेवाले बताए।

तस्वीरः जगतअम्बु गुरूङ र आम्भु जेठा / एचकेनेपाल डट कम

लिम्बुवानभित्र सवै जातिहरुलाई समेट्ने खालको पहिचान सहितको प्रदेश वन्नेमा आफू विश्वस्त भएको खेवाले बताए। उनले लिम्बुवानवादीहरुको मागलाई दश प्रदेशले समेट्ने वताए। जातीय अंहकारवादको प्रदेश कुनै पनि हालतमा हुन नहुने बताउंदै कम प्रतिशत भएको जातिलाई उप स्वायत्तता दिने मन्त्री खेवाले बताए।

मन्त्री खेवा फिलिपन्सको मनिलामा भएको एडीवीको ४५ औं अन्तर्राष्ट्रिय सभा सकिएपछि ट्रान्जिटमा हङकङ आएका थिए। यहाँको समयनुसार विहान १० वजे हङकङ एयरपोर्ट आइपुगेका खेवा प्रमुख अतिथिका रूपमा उक्त कार्यक्रम सहभागी थिए।

कार्यक्रम सकेर अपरान्ह ४ वजे नेपाल फर्किएका मन्त्री खेवाले नेपालको राति ११ वजे मन्त्री पदबाट हट्ने बताएका थिए।

छलफल कार्यक्रममा एकीकृत नेकपा माओवादी पार्टी हङकङका पार्टी सचिव जे. वी. ओख्रावु, नेपाली जनसरोकार समाजका हङकङका अध्यक्ष विष्णु गुरुङलगायत अन्य संघ सस्थाका प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्णराज लावती, नेपाली जनजाती पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, जनजाती महसंघ हङकङका अध्यक्ष एम. वी. थापा, नेपाली समाज हङकङका उपाध्यक्ष तथा किरात धर्मका सचिव इन्द्र लक्सम, राम कुमार राई, वलराम राई, देवेन्द्र खापुङ, मेजर शरणकुमार लिम्बु, मान वहादुर नाल्बोले नेपालको समसामायिक विषयमा आ-आफ्नो जिज्ञासा र प्रश्न राखेका थिए।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको प्रवास समिति हङकङको अध्यक्ष एम वी थोप्रको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाको सह-सचिव वेदराज सेलिङले स्वागत मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रमलाई समितिको सचिव रविन लिङदेनले संचालन गरेका थिए।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by