Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एमाले हङकङ कमिटिको अध्यक्षमा भक्त गुरुङ

एचकेनेपाल डट कम संवाददाता –
हङकङ,नेपाल कम्युनिष्ट पार्टि (एमाले) हङकङ कमिटिको चौथो अधिवेशनले भक्त गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष, सचिव र सहसचिवमा बसन्तकुमारी राराई, पदम चेमजोङ र नरेन्द्र सम्बाहाम्फे रहेका छन्।

चौथो अधिवेशनद्वारा निर्वाचित एमाले हङकङ कमिटि कार्यसमिति। तस्बिरः किसन राई।

समितिको सदस्यमा ओमराज सम्बाहाम्फे, मनि किरात बान्तवा, वसन्त राई, मोहन राना, गणेश गुरुङ, रितबहादुर गुरुङ, इमलाल श्रेष्ठ, दलहाङ नेम्बाङ, फुमाहाङ किराती, चन्द्रकला राई र आशा तिलिजा पुन रहेका छन्।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि एमाले उपाध्यक्ष अशोककुमार राईले गरेका थिए। उद्घाटन कार्यक्रमका विशेष अतिथि एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य सुशीला श्रेष्ठ र केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा लोकतान्त्रिक किरात संघ नेपालका अध्यक्ष ध्यानबहादुर राई रहेका थिए।

एमाले उपाध्यक्ष अशोककुमार राई। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

उद्घाटनसत्रमा सुदूरपूर्वी प्रवासी नेपाली संघ-फियोना हङकङका अध्यक्ष गणेश गुरुङ, एनेकपा माओवादी हङकङका सचिव जसबहादुर ओख्राबू र नेपाली जनसम्पर्क समितिका महासचिव बसन्त श्रीनेटले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अधिवेशन गत आइतबार हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा सम्पन्न भएको थियो।

CLICK HERE TO VIEW MORE PHOTO

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by