Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा ८१औं समाज सुधार दिवस सम्पन्न

आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङले आइतवार आफ्नै माङ हिम (सेवा केन्द्र) मा ८१औं समाज सुधार दिवस सम्पन्न गरेको छ।

इतिहासको पछिल्लो समयमा महागुरु फाल्गुनन्द लिङदेनले वि. सं. १९८८ साल बैशाख २४ गते दश लिम्बुवान सत्रथुमका गन्यमान्य, वुद्घिजीविहरुलाई पान्थर जिल्लाको सिलौटिमा भेला गराई दश वुंदे सत्य धर्म मुचुल्का तयार पारेको ८१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाइएको थियो।

सोह्रौं राष्ट्रिय विभुति फाल्गुनन्द लिङदेनले दश बुंदे सत्य धर्म मुचुल्कामार्फत किराती माझ भएको कुरीति, कुसंस्कार जस्ता संस्कारको अन्त्य गरि समाज सुधारको सुरुवात गरेका थिए।

मुचुल्कामा शान्तिको बाटो हिड्नु पर्ने, छोरीचेलिको मोल स्वतरित नखानु, हिंसा नगर्नु, लिम्बु संस्कृति मिल्दो जुल्दो हुनुपर्ने, जन्म सुतक मृत्यु सुतक वार्ने, अर्काको घर–परिवार विगार्नु नहुने, जाड रक्सि खान नहुने जस्ता दश वटा बुंदा तयार पारि किरातीहरुलाई सुधारको मार्गमा ल्याएका थिए। उक्त बुंदा तयार पारेको दिनलाई किरातीहरुले समाज सुधार दिवस मनाउंछन्।

८१औं समाज सुधारको अवसरमा बोल्दै सस्थाको अध्यक्ष मोहनमान नेम्बाङले समाज सुधारको लागि महागुरु फाल्गुनन्द लिङदेनले कष्ट गरेको कुराहरुको स्मरण गराएका थिए। उनले किरातीहरु अन्धाकारमा डुविसकेको अवस्थालाई महागुरुले अत्यन्त कष्टको साथ सुधार गरेको वताए। किरात समुदाय सुध्रनु पर्नेमा उनको जोड थियो। धर्मको बाटोबाट मात्र सभ्यताको विकाश हुने नेम्वाङले वताए।

लिम्बु चलचित्र निर्माता माराम फिल्मका लेखक तथा निर्देशक सूर्य प्रकाश चेमजोङले समाज सुधार दिवसको अवसरमा वोल्दै भाषिक तथा धार्मिक चलचित्रले अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार पुर्र्याउने बताए। किरात धर्म अन्तर्गत किरात साम्यो साक्थिङगेन संघको केन्द्रीय सदस्य समेत रहेका निर्देशक चेम्जोङले धर्मले मानिसलाई पुस्तौं सभ्यता बनाउने भएकोले धर्म छोड्न नहुने बताए।

सो अवसरमा मञ्च संवद्घ संघिय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको सचिव झरमान लिङदेनले राजनीतिले धर्मलाई स्थापित गर्न सहयोग पुर्र्याउने बताए। भाषा, धर्म, लीपिको संरक्षण गर्नलाई राजनीतिले असर पु¥याउने बताए। लिम्बुवान सुनिश्चित भएमा किरात धर्मलाई सहयोग पुग्ने लिङदेनले बताए।

समाज सुधार दिवसको अवसरमा किरातीहरुको पहिलाको स्थिति र अहिलेको अवस्थाबमरे चर्चा गर्दै किरात धर्मका आजीवन सदस्य तथा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष हस्त लिवाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सचिव रविन लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङका उपाध्यक्ष खगेन्द्र गुरुङले आ–आफ्नो मन्तब्य राखेका थिए।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको अध्यक्ष मोहनमान नेम्वाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा सस्थाको कोषाध्यक्ष हेम येङदेनले स्वागत मन्वब्य व्यक्त गरेका थिए। किरात धर्म र समाज सुधारको महत्वको वारेमा प्रष्ट पार्दै संस्थाका सचिव इन्द्र लक्समले उक्त कार्यक्रमलाई संचालन गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by