Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले शनिबार आशफोर्डको एकसी युथ स्पोर्ट सेन्टरमा प्रथम सगरमाथा ब्याडमिन्टन प्रतियोगिता भब्यताको साथ सम्पन्न गरेको छ।

विभिन्न क्लबहरुमा आबद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीहरुले सहभागी जनाएको उक्त प्रतियोगितामा बेलायतभरिका लगभग १०० खेलाडीहरुले भाग लिएका थिए।

पुरुष, महिला, अन्डर सिक्सटिन र भेटेरान गरि प्रतियोगितालाई चार समूहमा बिभाजन गरि त्यहि बमोजिम एकल, डबल र मिक्स डबलमा खेलाडीहरुबीच प्रतिस्पर्धा गराईएको थियो।

तस्वीरः सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम

कडा प्रतिस्पर्धाबीच सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फको एकलमा मेडस्टोन इन्भिकटा क्लबका बिष्णु राई विजेता र सोही क्लबका शक्ति गुरुङ रनर अप भएका थिए भने महिलातर्फ आशफोर्डका शकुन्तला नेम्बांग र निशा गुरुङले क्रमश: विजेता र रनर अप उपाधि हात परे।

अन्डर सिक्सटिन अन्तर्गतको केटातर्फको एकल प्रतियोगितामा आशफोर्डका मदन लिम्बू विजेता र आशफोर्डकै हांगसा लिम्बु रनर अप भए। त्यसैगरि, केटीतर्फको डबलमा आशफोर्डका खुशा गुरुङ, सुमित्रा गुरुङ विजेता र आशफोर्डकै मेरिना शेर्पा र प्रतिक्षा राई रनर अप भए।

सेन्टरको ४ वटा कोर्टहरुमा खेलाईएको उक्त प्रतियोगितामा अन्डर सिक्सटिन अन्तर्गतको केटातर्फको डबलमा आशफोर्डका दिपेन्द्र गुरुङ, हांगसा लिम्बु विजेता र आशफोर्डकै निशाल लिम्बु, मिकजंग गुरुङ रनर अप भए। भेटेरान ओभर फिफ्टी अन्तर्गत खेलाईएको एकल प्रतिस्पर्धामा राम्पोट लण्डनका तेज लिम्बूले विनर उपाधि हात पारे भने क्याम्बर्लीका कृष्ण गुरुङ रनर अप भएका छन् भने डबलतर्फ राम्पोटका तेज लिम्बू , पलमस्टेडका जग बहादुर पुन विनर र वेम्लीका चन्द्र गुरुङ र लोकजित गुरुङ रनर अप घोषित भए।

खेलकुद संयोजक सेरु लिम्बू, अफिसियल टिम साथै समाजको सक्रियतामा ब्यबस्थित एबं अनुशासित ढंगले सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फको डबलमा मेडस्टोनका जोशेफ सुब्बा र प्रकाश राईले विजेता भए भने राम्पोटका तेज लिम्बू र प्लास्टेडका जग पुन रनर अप भए। महिलातर्फका डबलमा आशफोर्डका सकुन्तला नेम्बांग र निशा गुरुङ विजेता घोषित भएका थिए भने हेज लण्डनका मीरा गुरुङ र फार्नबरोका कृष्णा पुनले रनर अप उपाधि जिते। त्यसैगरि, मिक्स डबलमा मेडस्टोनका जोशेफ लिम्बू र आशफोर्डका शकुन्तला नेम्बांग विजेता तथा राम्पोटका तेज लिम्बू र आशफोर्डका निशा गुरुङ रनर अप भए।

शेरु लिम्बूद्वारा संचालन गरिएको पुरस्कार बितरण समारोहमा समाजका अध्यक्ष पोपिराज राईले सहभागी सम्पूर्ण खेलाडी साथै दर्शक महानुभाबहरुलाई धन्यवाद दिएपछि समाजका अध्यक्षद्वय पोपिराज राई र श्रीमती दुर्गा लिम्बूले बिजयी खेलाडीहरुलाई खादा ओढाई ट्रफी साथै नगद प्रदान गरेका थिए। अन्त्यमा फोटोसेसन पश्चात कार्यक्रम समापन भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by