Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

स्थानीय गायकको कर्न्सट हेर्न दर्शकको भिड

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
कोरियामा सदाबहार स्थानीय गायकको रुपमा चिनिएका गायक भरत गुरुङको पहिलो एकल कर्न्सट हेर्न सोलमा दर्शकहरुको भिड नै लागेको थियो।

छोगेसाको हलमा कार्यक्रमका सभापति प्रेम गुरुङ प्रमुख अतिथि नेपाली राजदूताबासका उपनियोग प्रमुख राजाराम बर्तौला, बिशेष अतिथि एनआरएनका पूर्व एशिया प्यासिफिक सह संयोजक रुद्र शर्मा, एनआरएन अध्यक्ष केपी सिटौला तथा नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसीले संयूक्तरुपमा पानसमा बत्ति बालेर सो कर्न्सटको औपचारिक रुपमा प्रारम्भ गरेका थिए।

बिभिन्न पेशाका लागि कोरिया आएका नेपालका राष्ट्रिय खेलाडीहरु संगठन भूतपूर्व खेलाडी संघले आयोजना गरेको लाईभ कर्न्र्सट हेर्न बिभिन्न क्षेत्रबाट आएका भरतका फेनहरुले उनको गीतमात्र सुनेनन दिल खोलेर सहयोग समेत गरेका थिए।

करिब ६ वर्षअघि कोरिया आइपुगेका नेपालका उदयमान गायक भरतले आइतबार पहिलो पटक आफ्नो एकल सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाउदा निकै हषिर्त देखिन्थे। उनले आफूलाई सो अवसर जुटाइदिएकोमा आयोजक तथा दर्शकहरुप्रति आभार प्रकट गरे। भरतले एक दर्जन बढी नेपाली, हिन्दीदेखि कोरियन गीतसम्म गाएर दर्शकहरुलाई बुरुक बुरुक नचाउन सफल भए।

नेपाली गीत तथा संगीत सुन्न र स्थानीय कलाकारका नृत्य कला हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली दर्शकहरुले कार्यक्रमको बारेमा खुलेरै प्रशंसा गरे। कार्यक्रममा बिक्रम देउजा, सुवर्ण सापकोटा, सुमन भण्डारी, सन्जय गुरुङले, भरतको स्वरसँगै बेजोड सांगीतक धून प्रस्तुत गरेका थिए।

यस अघि, कार्यक्रमका प्रमुख उपनियोग प्रमुख बर्तौलाले मुलुक आर्थिक प्रगतीमा लागेमात्र नेपाली कलाकार तथा खेलाडीहरुको भबिष्य राम्रो हुने बताउदै कलाकार तथा खेलाडीहरुले देश भित्र र बाहिर पनि नेपाली झण्डा उचालेर राष्ट्रको गौरब बढाई रहेको बताए। उनले राष्ट्रको गरिमा उच्च राख्ने खेलाडी तथा कलाकारहरुको राज्यले उचित सम्मान गर्नु पर्नेमा जोड दिए।

आयोजकका तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रीसमेत रहेका एनआरएनका उपाध्यक्ष राजु क्षेत्री, राष्ट्रिय फुटवल खेलाडी दिपक लामा, तथा सल्लाहकार दिपक रावलले नेपाली श्रष्टाहरुलाई स्वागत गर्न र कोरियाको इतिहाँसमै अविस्मरणिय रहने अत्यन्तै सुन्दर कार्यक्रमलाई सफल पार्न आउनुभएका कोरियन तथा नेपाली पाहुनाहरुलाई धन्यवाद ब्यक्त गरे। कार्यक्रमलाई सुरेन्द्र भण्डारीले सञ्चालन गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by