एचकेनेपाल डट कम-
पोखरा, २५ बैशाख । हिमपहिरोको बाढीका कारण सेती नदीमा बेपत्ता भएकाहरू खोज्न प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको छ।
राजधानीबाट ल्याइएको दुई वटा कुकुर पोखराको सेती नदी किनारमा परिचालन गरिसकेपछि बाढीले सबैभन्दा बढी क्षति पुर्याइएको खारापानीमा लगिएको छ।
सेती नदी हिलाम्मे र दलदलका कारण शव खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता शवको खोजीको लागि स्काभेटर, डोजर र लोडर पनि प्रयोग भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र पौडेलले बताए।
बाढीले बगाएकामध्ये १७ जनाको शव फेला परेपनि ४७ जना अझै बेपत्ता छन्। नेपाल प्रहरी, सेना, स्थानीय, बेपत्ता भएकाहरूको परिवारका सदस्य र आफन्तसहितको टोलीले सेतीको बगर र किनारहरूमा खोजि गरिरहेको प्रहरीले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस