एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ बैशाख। पुर्ख्यौली घर चितवनकी २३ वर्षीया सृष्टि श्रेष्ठ यस वर्षकी मिस नेपाल भएकी छन्। १५ जना सुन्दरीहरूलाई पछि पार्दै सृष्टिले ‘मिस नेपाल २०१२’ को उपाधि जितेकी हुन्।
यो जीतसंगै उनले ५० हजार रुपैयाँ र स्कुटी प्राप्त गरिन्। बेलायतमा बसोवास गर्दै आएकी सृष्टिले मिस वर्ल्ड सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
हिडेन ट्रेजरद्वारा आइतबार राति होटल अन्नपूर्ण परिसरमा आयोजित प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि नगमा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनलको उपाधि शुभेच्छा खड्काले जितेका छन्। दुबैले क्रमशः ३५ हजार र २५ हजार रुपैयाँ प्राप्त गरे। नग्माले मिस अर्थ र सुभेच्छाले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने छन्।
प्रतियोगितामा मिस फोटोजेनिक अकेशा विष्ट, मिस ब्युटिफुल स्माइल नग्मा श्रेष्ठ, मिस ट्यालेन्ट अकेशा विष्ट र मिस पब्लिक च्वाइस निलम चन्द घोषित भए। उनीहरुले १० हजार रुपैयाँ र गिफ्ट ह्याम्परहरु प्राप्त गरे।
Watch Video Miss Nepal 2012