Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बाढीले पाइप बगाएपछि पोखरामा खानेपानीको अभाव

खानेपानीको करोडौको क्षति मर्मत गर्न थुप्रै समय लाग्छ: खानेपानी संस्थान
डि.आर पोखरेल / एचकेनेपाल डट कम-
पोखरा, २४ बैशाख । शनिबार पोखराको सेती नदीमा आएको बाढीले खानेपानी सस्थानको पाइप बगाउँदा पोखरामा पानीको अभाव सृजना भएको छ।

नेपाल खानेपानी सस्थान पोखरा शाखाले पुरानो १६ इन्च पाइपबाट आएको पानीले सहज बनाउन कठिन हुने बताएको छ। बाढीले केही समय अघिमात्र सम्पन्न भएको २० इन्चको पाइपसंगै सेती गण्डकीमा रहेको ट्रस (पुल) समेत बगाउँदा पानी आपूर्तिमा ढिलो हुने खानेपानी सस्थान पोखरा शाखाका प्रमुख इश्वर प्रसादले जानकारी दिए।

जाइका जापानको वस्तुगत अनुदानमा सम्पन्न भएको उक्त योजनाले पोखरामा पानीको समस्याबाट टाढा रहेन संस्थानले बताउँदै अएको थियो।

सेती किनारसंगै करिव ८० मिटर लामो दूरीको पाइप बगाएपछि पानीको समस्या पर्ने भएको हो। उक्त पाइपलाइनबाट एक करोड ५० लाख लिटर पानी आउने गरेको संस्थानले बताएको छ।

सेती-मर्दी दोभान र हेम्जा पुरञ्चौर जोडने पाइपलाइन बगाउँदा सस्थानको कराडौ क्षति भएको जनाएको छ। छिट्टै निर्माण कार्य सुरु भए कम्तिमा ६ महिनासम्म लाग्ने सहायक प्रशासन अधिकृत लोकराज शर्माले जानकारी दिए। हेम्जा पुरञ्चौरस्थित नयाँ ट्रस ब्रिज तथा उक्त संरचना पुन निर्माण र बचाउ, ल्फेन्ज पाइप तथा फिटिङ, पाइपलाइन जडान तथा विछ्याउने कार्य, सेती तथा मर्दी दोभानको पुरानो विद्यमान ट्रस ब्रिजको संरचना तथा बचाउको लागि तुरुन्तै काम थाल्ने सस्थानका प्रमुख इश्वर प्रसादले जनाकारी दिए।

सस्थानले निर्माण कार्य टेण्डर तथा केन्द्रीय कार्यालयसंग छिटो छरितो सेवाको लागि अनुरोध समेत गराएको संस्थानले जनाएको छ। बाढीले पाइप बगाउँदा संस्थानको १ करोड ५० लाख रुपैयाँ भन्दा बढि क्षति भएको जनाएको छ। संस्थानले पानी वितरणमा असहज हुने जानकारी गराउँदै आफ्ना ग्राहक तथा सेवाग्रहीलाई पानीको सदुपयोग गर्न समेत आग्रह गरेको छ।

पानीको आपूर्तिमा कमी भएपछि आलोपालोको प्रणाली समेतमा फेरबदल भएको संस्थानले जनाएको छ। पानी आपूर्तिमा कमी भएकोले लगभग पोखराको सवै क्षेत्रमा पानी अभाव हुने संस्थानले बताएको छ। पोखराको सेती पूर्व तथा सेती पश्चिम क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने संस्थानले उल्लेख गरेको छ।

पोखराको लेकसाइड, छोरेपाटन, चाउथे, रामबजार, औधोगिक क्षेत्र, सिम्पानीलगाएतका क्षेत्रमा बढि प्रभाव पर्ने संस्थानले बताएको छ। बाढीको कारण पानी पुर्‍याउन कठिन हुने बताउँदै मर्मत पश्चात पोखरामा पानी उपलब्ध नभएसम्म पानी बचतको अवधारणा ल्याउन पोखरावासीलाई संस्थानले आग्रह समेत गरेको छ।
तस्वीरहरूः सुदर्शन रञ्जित र उमेश पुन / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by