एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २४ बैशाख। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आइतवार विहान हिमपहिरोबाट प्रभावित क्षेत्रमा भ्रमण गरेका छन्। प्रभावित कास्कीको सार्दीखोला र माछापुच्छ्रे क्षेत्रका पीडितलाई राहत दिन प्रधानमन्त्री भट्टराईले निर्देशन दिएका छन्। प्रधानमन्त्रीले स्थानीय प्रशासनलाई उद्धार कार्य चुस्त दुरुस्त पार्न र पीडितलाई राहत दिन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसँगै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बिहान हेलिकप्टरबाट वाढी प्रभावित क्षेत्रमा पुगेका थिए।
तस्वीरहरूः उमेश पुन/ एचकेनेपाल डट कम
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस