एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २४ बैशाख। हिमपहिरोको बाढीले ठूलो धनजनको क्षति पुर्र्याएको भोलि पल्ट आइतवार कास्कीमा भएको अर्को दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।
कास्कीको धिताल गाविसस्थित भेडावारीमा जीप पल्टदा ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ल्वाङ्गघलेलका ३४ वर्षीय विकास क्षेत्री, २६ वर्षीया जुनु गुरुङ, ६० वर्षीय जंगवहादुर विक, ५८ वर्षीय असर्फी विक, ४८ वर्षीय मिनवहादुर विक, ५० वर्षीय टेकबहादुर विक, ६६ वर्षीय बलराम गौतम, ७५ वर्षीय वखतबहादुर गौतम र ६६ वर्षीया मिठु अधिकारी रहेका छन्। मृत्यु भएकामध्ये दुई महिलाको सनाखत हुन सकेको छैन।
ल्वाङघलेलबाट पोखराका लागि छुटेको ग १ च ३४ ३८ नम्वरको जिप सडकवाट करीव २ सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस