एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शनिवार साँझ सहमतीय सरकारको मन्त्रीपरिषद विस्तार गरेका छन्।
मन्त्रीपरिषदमा माओवादीका पाँच, मधेसी मोर्चाका चार र कांग्रेसका दुई जना रहेका छन्। प्रधानमन्त्री भट्टराईले माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोग्टी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्मा, कांग्रेसका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ र मोर्चाका विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमा महतोबाहेक सबैले शपथ ग्रहणसमेत गरेका छन्। शपथ ग्रहणपछि सिंहदरबारमा मन्त्रिपरिषद्को विशेष बैठक बस्ने जनाइएको छ। एमालेको नाम आएपछिमात्रै माओवादी, कांग्रेस र एमालेका मन्त्रीहरुको मन्त्रालय तोकिने जनाइएको छ।
मधेसी मोर्चाका तर्फबाट
विजयकुमार गच्छदार (उपप्रधान तथा गृह)
हृदयेश त्रिपाठी (भौतिक योजना तथा निर्माण)
महेन्द्र यादव (सिँचाइ), राजकिशोर यादव (सूचना तथा सञ्चार)
राजेन्द्र महतो (स्वास्थ्य)