Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एम्वुलेन्सको ठक्करबाट गर्भवति महिलाको मृत्यु

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २३ बैशाख। १८ स्थित धनकुटे रोडमा सडक पेटीमा रहेकी महिलालाई अत्यधिक गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको दमक घर भइ धरान वस्तै आएकी २४ वर्षीया गोमा भण्डारी रहेको धरान प्रहरीले जनाएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फजादै गरेको गोमा मेमोरियल ट्रष्ट को को १ च ३१६९ नम्बरको एम्वुलेन्स अत्याधिक गतिका भएका कारण अन्यन्त्रित भई सडक पेटीमा माथि चढेर ठक्कर दिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

एम्बुलेन्स चालक अनुमति पत्र समेत नभएका ट्रष्टका अध्यक्ष पिताम्बर नेपालले चलाएको र उनीसहित इप्रकामा राखिएको तथा नेपाललाई सवार ऐनअन्तर्गत कारबाही हुने इप्रका प्रमुख डिएसपी राजेन्द्र विष्टले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by