Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यार्सागुम्बासहित ३ जना पक्राउ

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २३ बैशाख। अवैध रुपमा ल्याएको यार्सागुम्बासहित धरानबाट ३ जना पक्राउ परेका छन्।

संखुवासभाबाट अवैध रुपमा ल्याइएको ३ लाख बराबरको यार्सागुम्बासहित एक महिला र दूइ पुरुष धरानको भानुचोकस्थित एक होटलवाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा संखुवासभा हटियाका ४१ वर्षीय जुमीक भोटे सोही ठाउंका २३ वर्षीय छेजा भोटे र ३० वर्षीया लक्ष्मी राई रहेका छन्।

उनीहरुका साथबाट १ केजी ७ सय ग्राम यार्सागुम्बा र नगद एक लाख ३९ हजार बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यार्सागुम्बा विक्रिको लागि धरानको भानुचौकमा रहेको भोजपुरे होटलमा मोलमोला गर्दै गर्दा विषेश सुराकीको आधारमा कोशी अञ्चल प्रहरी कार्यालयका विशेष अनुसन्धान व्युरोले पक्राउ गरेका प्रहरीले जनाएको छ।

भोजपुरे होटलमा यार्सागुम्बा विक्री हुदै गरेका सुराकको आधारका व्युरो टोली ग्राहक बनेर गएको र उनीहरुलाई नियन्त्रणमा लिइएको इप्रका प्रमुख डिएसपी राजेन्द्र विष्टले जानकारी दिए।

उनीहरुलाई आवश्यक कारबाहीको लागी इलाका वन कार्यालय धरानमा वुझाइने विष्टले बताए। यार्सागुम्बा टिप्न तथा विक्री गर्न वन कार्यलयको पूर्वस्वीकृति लिई राजश्व समेत बुझाउनु पर्ने भए पनि उनीहरुसंग कुनै कागज पत्र नभएको प्रहरीको दावी रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by