Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

महिला बेचविखनमा संलग्न जिसी पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ बैशाख। नेपाली महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी विदेश लगेर बेच्ने कार्यमा संलग्न बागलुङ नगरपालिका-११ रमेटारका रामबहादुर जिसीलाई प्रहरीले पक्राउ गरेको छ।

कतिलाई युरोपका विभिन्न मुलुकमा रोजगारी लगाइदिने प्रलोभन दिने र कतिसंग विवाह गर्ने लोभ देखाएर भारतसहित विभिन्न मुलुकमा महिला बेचविखनमा संलग्न रहेको आरोपमा जिसीलाई प्रहरीले  पक्राउ गरेको हो । पीडित महिलाहरुको उजुरीका आधारमा जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा राखिएका जिसीमाथि मानव बेचविखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बागलुङ स्थायी घर भए पनि हाल काठमाडौ महानगरपालिका-१४, कुलेश्वर बस्दै आएका जिसीले युरोपका विभिन्न मुलुकमा लैजाने भन्दै महिलाहरुको आर्थिक र यौनशोषणसमेत गरेको आरोप छ।

जिसी वैदेशिक रोजगारीको सिलसिलामा केही समय दक्षिण कोरिया र बेलायतसमेत बसेर आएकाले रोजगारी र वैवाहिक सम्बन्धको प्रलोभनमा पार्न सहज भएको बताइएको छ।

उनलाई चाँडै अदालतमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ। तर, अदालत लैजानुअघि जिसीले उजुरी दिने महिलाहरुलाई मुद्दा फिर्ता लिने आर्थिक प्रलोभनका साथ धम्कीसमेत दिने गरेको बुझिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by