Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एमालेका उपाध्यक्ष राई हङकङमा

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ३ मे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अशोककुमार राई र लोकतान्त्रिक किरात संघ नेपालका अध्यक्ष ध्यानबहादुर राई बिहीबार हङकङ आइपुगेका छन्।

आगामी आइतबार मे ६ तारिखका दिन सम्पन्न हुने एमाले हङकङ कमिटिको चौथो अधिवेशनका प्रमुख अतिथि र विशेष अतिथि रहेका राईद्वयलाई हङकङ कमिटि अध्यक्ष ओमराज सम्बाहाम्फेले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

अध्यक्ष सम्बाहाम्फेका अनुसार अधिवेशन दिनको ३ बजेदेखि शुरु हुने छ।


नेताद्वय राई, ओमराज सम्बाहम्फे साथमा सुशीला श्रेष्ठ। तस्वीरः ज्ञानबहादुर राई

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by