Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मन्त्रीपरिषद विघटन हल्ला मात्रै

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा रहेको मन्त्रीपरिषदलाई आज बिघटन गरिने भन्ने बाहिर आएको समाचार निराधार भएको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले बताएका छन्।

तीन दलबीच बुधवार भएको सहमतिबमोजिम प्रधानमन्त्री भट्टराईले मन्त्रीपरिषद विघटन गर्ने समाचार बाहिर आएको थियो।

तीन दलबीच भएको सहमतिलाई सञ्चारमाध्यमहरूले गलत ढंगले सम्प्रेषण गरेको भन्दै मन्त्री यादवले आपत्ति जनाएका छन्। मन्त्रीपरिषदको विघटन नभएर नेपाली कांग्रेस, एमालेलगायत अन्य दलको सहभागितामा केही मन्त्रालयमात्र हेरफेर हुने उनले बताए। उनले जेठ १४ सम्म यही सरकारको निरन्तरता रहनेसमेत दाबी गरेका छन्।

तीन दलको सहमतिबमोजिम प्रधानमन्त्री भट्टराईकै नेतृत्व सहमतीय सरकार गठन हुने समाचार बाहिर आएलगत्तै मन्त्री यादवको विरोधभाषपूर्ण भनाई बाहिर आएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by