एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० बैशाख । तालिबानको आत्मघाती आक्रमणबाट एक नेपालीसहित कम्तीमा सात जनाको मृत्यु भएको छ। अफगानिस्तानको ग्रिन भिलेजमा भएको आक्रमणमा मारिएका नेपालीको परिचय भने खुल्न सकेको छैन।
मृत्यु हुने नेपाली गार्ड एक सुरक्षा कम्पनीमा कार्यरत थिए। घटनामा सर्वसाधारण जनता र केही स्कूले विद्यार्थीसमेत परेका छन्।
अमेरिकी राष्ट्रपति बराक ओबामाको अचानक भएको अफगानिस्तान यात्रापछि सो आक्रमणमा भएको हो।
आत्मघाती कार बम विष्फोटपछि ग्रेनेड र भीषण गोलाबारी भएको समाचार स्रोतले जनाएको छ। तालिवानका एक प्रवक्ताले सञ्चारकर्मीहरूलाई टेक्स मेसेज पठाएर घटनाको जिम्मा लिएको जनाएको छ।
नेपाल सरकारले अफ्गानिस्तानमा रोजगारीको लागि प्रतिवन्ध लगाएपनि ठूलो संख्यामा नेपालीहरू सुरक्षा कम्पनीहरूमा सुरक्षा गार्डलगायत अन्य कामका लागि त्यहाँ पुगेका छन्। (फाइल फोटो)
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस