एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ बैशाख । अन्तर्राष्ट्रिय श्रमिकहरुको ऐतिहासिक पर्वका रुपमा आज विश्वभर १२५औं ‘विश्व श्रमिक दिवस’ मनाईंदै छ।

अमेरिकाको सिकागो शहरका मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी सन् १८८६ मा पहिलो पटक आन्दोलनमा उत्रिएको मे १ को दिन आज विशेष महत्वका रुपमा रहेको छ।

सन १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको हो।

श्रमिक दिवस या मजदुर दिवसका नामले मानिँदै आएको यस पर्वका दिन विश्वका मजदुरले आ-आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सम्बद्ध सरकार र रोजगारदातालाई दबाब दिने उद्धेश्यले विभिन्न कार्यक्रम गर्ने गर्छन्।

श्रमिक दिवसबारे केही भन्नु छ? कृपया ट्वीटरमा @Pashan लाई मेन्सन गर्नुहोला।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस