Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अर्थ राज्यमन्त्री लिम्बू हङकङ आउने

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १ मे । अर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बू फिलिपन्समा हुने एडीवीको सम्मेलन सकिएपछि हङकङ आउने भएका छन्।

लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका वरिष्ठ सहइन्चार्ज हरि पंधाक लिम्बूका अनुसार मन्त्री खेवा हङकङमा मे ६ तारिखका दिन विहान १० वजे ट्रान्जिटमा हङकङ आउने जानकारी गराएका छन्।

मन्त्री खेवा हङकङमा आएलगतै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको एक भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको मोर्चाको अध्यक्ष एमबी थोप्राले बताए। याउमातईस्थित हिन्सको कार्यालयमा आयोजना गरिने कार्यक्रममा मन्त्री खेवा प्रमुख अतिथि रहने बताए।

अध्यक्ष थोप्राका अनुसार मन्त्रीको उपस्थितिमा नेपालको वर्तमान राजनैतिक विषयलाई लिएर भेटघाट तथा समसामायिक विषयमा छलफल कार्यक्रम हुने बताए।

छोटो समयको कार्यक्रम भए पनि यहाँका नेपालीलाई नेपालको राजनैतिक अवस्थावारे जानकारी दिने र प्रवासी नेपालीको विचार मन्त्री समक्ष राख्न सकिने वताए।

संवैधानिक समितिको सदस्यसमेत रहेका मन्त्री खेवासंग नेपालको राज्य पुनर्संरचाना तथा संघियताको विषय, लिम्बूवान सुनिश्चितताको विषयलाई लिएर कार्यक्रममा छलफल गरिने थोप्राले बताए।

मे ६ तारिख आइतवार विहान साढे १० वजेदेखि दिउसो २ वजेसम्म छलफल कार्यक्रम हुने बताउदै यहाँका सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि अध्यक्ष थोप्राले अपिल गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by