Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दक्षिण कोरियामा बढ्दो समस्याप्रति सञ्चारकर्मीहरुको चिन्ता

सरोज खड्का / एचकेनेपाल डट कम-
सउल, १ मे । दक्षिण कोरियाको राजधानी सउलस्थित नेपाली दूतावासको सभाहलमा आयोजना गरिएको कोरियामा मिडिया र पत्रकारहरुको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा सहभागी पत्रकारहरुले कोरियामा नेपालीहरुले भोग्नुपरेको बिभिन्न किसिमका बढ्दो समस्याप्रति चिन्ता ब्यक्त गरेका छन्।

अन्तरकृयामा उनीहरुले नेपालीहरुले भोग्नुपरेका समस्यालाई कसरी उजागर गर्ने र समाधानमा कसरी पहल कदमी लिने भन्ने बिषयमा ब्यापक छलफल गरेका थिए।

कोरियामा रहेका अधिकांश अनलाइन मिडियाकर्मीहरुको उपस्थिति रहेको उक्त अन्तक्रिर्या कार्यक्रममा अधिकांश पत्रकारहरुले सम्पूर्ण सञ्चारकर्मीहरु एकजुट भएर अघि बढ्नु सके सूचनाकै माध्यमबाट पनि देखिएका समस्याहरुलाई न्यूनिकरण गर्न सकिने बताएकाछन्।

यसैक्रममा पत्रकार महासंघका प्रमुख सल्लाहकार रघु त्रिपाठीले सम्पूर्ण मिडियाकर्मी साथीहरुबीच सहकार्य गर्न सकिने र त्यसका लागि सबले आफ्नो अहमतालाई बिर्सेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले संसारकै दोश्रो महंगो शहरमा बाँचेर नेपालीहरुका तर्फबाट र नेपालका लागि सामाजिक, राजनीतिक र अनुसन्धानको क्षेत्रमा भएका गतिविधीहरुलाई उजागर गर्दै पत्रकारिता मार्फ जनसेवा गर्न पत्रकारहरुलाई अत्यन्त कठिन रहेको समेत बताउनुभयो।

प्राय सबै पत्रकारहरु मजदुरीलाई प्रमुख पेशा मानि रातविरात समाचार संकलन गर्न र सबै क्षेत्रमा उपस्थित हुन असमर्थ भएको बाध्यतालाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने तर्फपनि सबैको ध्यान जानुपर्ने बताउनुभयो। यसै क्रममा पत्रकार महासंघ कोरिया शाखाका सचिब अशोक मैनालीले पत्रकार संघको तत्वावधानमा कोरियामा रहेका धेरै जिम्मेवार संघ संस्था र सबै नेपालीहरुको सन्तुलित समाचार प्रवाह गर्न गराउन को कसले के कस्तो भूमिका निर्वाह गर्नु पर्ला भन्ने विषयमा ब्यापक छलफल हुनु पर्नेमा जोडा दिनुभयो।

कार्यक्रममा पत्रकार गोपाल संग्रौलाले समाचार लेख्दा सबै पक्षलाई सन्तुलनमा राख्नुपर्ने बताउनुभयो। उहाँले सूचनाको माध्यमले नेपाली समाजलाई सुसूचित गर्न नेपाली राजदूतावासको महत्वपूर्ण भूभिका रहने र बढ्दो संख्यामा रहेका कोरियाबासी नेपालीहरुको पारस्परिक सद्भावना बढाउन दूतावासले पनि सञ्चारकर्मीलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा आफ्नो बिचार राख्दै महासंघका कोषाध्यक्ष पुष्पराज लामिछानेले सबै मिडियाहरु एकआपसमा हातेमालो गरी अघि बढ्न सके सम्पूर्ण पत्रकार मित्रहरुले फरक फरक विषयवस्तुलाई समेटेर समाचार संकलन हुन सक्ने र समाचारको प्रभावकारीता बढ्ने विचार राख्नुभयो।

महासंघ केन्द्रिय पार्षद पुरु जोशीले पनि समाचार लेख्दाखेरी पहिला सत्य तथ्य बुझेर मात्र लेख्नुपर्ने र समाचारको प्रभावकारीतामा विचार पुर्‍याएर मात्र समाचार राख्न सके कोरियामा रहेका पत्रकारहरुको प्रभावकारीता झल्कने विचार ब्यक्त गर्नुभयो।

पत्रकार महासंघका पूर्व कोषाध्यक्ष गिरिराज कुँवरले अनलाइन मिडियाले समाचार राख्ने क्रममा समन्वय हुन नसक्दा विभिन्न समस्याहरु देखिने गरेको बताउदै “मिडियाका साथीहरुले एक आपसमा स्वच्छ प्रतिस्पर्धा गरेर बिगतका कमी कमजोरीहरुलाई जिरोमा ल्याउनुपर्ने बताउनु भयो। यसैगरी, पत्रकार मिन प्रकाश उप्रेतीले पनि समाचार लेख्ने क्रममा मिडियाका साथीहरुले एक आपसमा सहकार्य गरेर अगाडि बढ्न सके राम्रो हुने बताउनु भयो।

पत्रकार रामु लम्सालले नेपाल पत्रकार महासंघ कोरिया शाखाले नेपालका दुर्गम जिल्लाहरुमा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई सहयोग गर्नका लागि भूमिका खेल्न सके अझ राम्रो हुने विचार व्यक्त गर्नुभयो। अन्त्यमा, पत्रकार महासंघका अध्यक्ष खेम कार्कीले सबै सुझाव र जिज्ञासाहरुको लिखित रुपमै टिपोट गर्दै महासंघको भूमिका सम्बन्धी गहकिला सुझाव दिने सबै सञ्चारकर्मीहरुलाई धन्यवाद दिनु भएको थियो। उहाँले महासंघको काम कारवाही सुधार गरी सञ्चारकर्मीहरुलाई सहयोग पुर्याउन तत्पर रहेको बताउनुभयो।

रक्तदान कार्यक्रम स्थगितः साँस्कृतिक कार्यक्रमको तयारीमा जुट्ने
त्यसैगरी उक्त भेलाले मे २७ मा गर्न भनिएको रक्तदान कार्यक्रम हाललाई स्थगन गर्दै श्रमजीबी पत्रकार कल्याण कोषको लागि आगामी चुसकमा आयोजना गरिने हिमालयन साँस्कृतिक धमाकाको लागि सम्पूर्ण ध्यान केन्द्रित गरिने निर्णय पनि गरिएको छ।

केही रिक्त पद पूर्ति
त्यही दिन शाखाका अध्यक्ष खेम कार्कीको अध्यक्षतामा बसेको बैठकले महासंघमा रिक्त रहेको केही पदहरु पनि पूर्ति गरेको छ। जस्मा शाखाको सदस्यमा किशोर कोइराला र रामु लम्साललाई मनोनित गरिएको छ भने केन्द्रिय पार्षदमा बिनोद पौडेललाई मनोनित गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by