Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जनकपुरमा बम विष्फोट, ४ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
जनकपुर, १८ बैशाख । जनकपुरको रामानन्द चोकमा सोमबार बिहान १० बजे भएको बम विष्फोटमा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा जनकपुर नगरपालिका- ८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डल रहेका छन्।

मृत्यु हुनेमध्ये विमलको घटनास्थलमै र अन्यको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रञ्जु झा मिथिला नाट्यकला परिषदका कलाकार हुन्। उनीहरु मिथिला राज्यको माग गर्दै धर्नामा बसेको बेला बम विष्फोट भएको थियो। घटनमा दर्जनौं घाइते भएका छन्। उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

धर्नास्थलमै आएर रोकिएको ज २ प ९३९५ नम्बरको मोटरसाइकलमा बिष्फोट भएको स्थानीयले बताएका छन्। मोटरसाइकल कसको थियो भन्ने खुल्न सकेको छैन। प्रहरीले शंकास्पद एक व्यक्तिलाई प्रहरीले पक्राउ छ।

यसैबीच, ४ जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ। मोर्चाले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मा लिएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by