सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
दक्षिण कोरियामा नेपालीहरुका आमा भनेर चिनिने लि गुम ह्यनको श्रद्धाञ्जलि सभा जुन ३ तारिख हुने भएको छ।
विगत लामो समयदेखि नेपालीहरुको सुख दुःखमा साथ दिदै आउनु भएकी लि कुम ह्वानको गत अप्रिल २६ तारिख ६५ वर्षको उमेरमा सउल युनिभर्सिटी अस्पतालमा विहान ८ बजेर २८ मिनेट जाँदा निधन भएको थियो।
लि गुम ह्यनको बौद्ध संस्कार अनुसार सउलको यङ्गजेमा शनिवार अन्त्येष्ठि गरिएको छ।
नेपाल बौद्ध परिवारको आकास्मिक बैठकले जुन ३ तारिख छाविए चिवमा उहाँको श्रद्धाञ्जलि कार्यक्रम राखिने भएको छ। बौद्ध परम्परा अनुसार ४९ दिनमा श्रद्धाञ्जलि दिने परम्परा छ।
उक्त दिन कोरियाका सम्पूर्ण नेपाली दाजुभा तथा दिदीबहिनीहरुलाई उपस्थित हुन नेपाल बौद्ध परिवार गणतन्त्र कोरियाका अध्यक्ष इश्वर गुरुङले हार्दिक अनुरोध गर्नु भएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस