Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रथम सगरमाथा ब्याडमिन्टन प्रतियोगिता आशफोर्डमा हुने

सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके। सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले आउँदो ५ मे शनिबारका दिन आशफोर्डमा प्रथम सगरमाथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा युकेभरिका महिला, पुरुष साथै १६ बर्ष मुनिका खेलाडीहरुले सहभागी जनाउने खेलकुद संयोजक सेरु लिम्बुले जानकारी दिए।

प्रतियोगितालाई ब्यबस्थित तवरले संचालन गर्न सेन्टरको ८ वटा कोर्ट बिहानको ११:०० बजेदेखि साँझ ८:०० बजेसम्म समाजले प्रयोग गर्ने अनुमति लिई सकेको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए। उक्त कार्यक्रममा उपस्थित भईदिन सम्पूर्ण युकेबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले आग्रह गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by