Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

परीक्षा अवरोध गर्ने शिक्षक बर्खास्त हुन्छन्- शिक्षा मन्त्री शर्मा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ बैशाख । शिक्षा मन्त्री दीननाथ शर्माले भोलि १७ गतेदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षालाई उच्च माविका शिक्षकहरुले अवरोध गरे त्यस्ता शिक्षकलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्।

मन्त्री शर्माले जहाँसम्म हाम्रा शिक्षकहरुले गैरजिम्मेवारपूर्वक आफूले पढाएका विद्यार्थीहरुलाई फूटबल हान्ने काम गर्ने छैनन् यदी शिक्षामा स्वार्थ गाँसेर अवरोध गरिन्छ भने भोलि त्यस्ता शिक्षक शिक्षक नै नरहने चेतावनी दिएका हुन्।

शनिबार रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री शर्माले भने- उच्च माविका शिक्षकहरुले किन, केका लागि परीक्षा अवरोध गर्ने मलाई जानकारी छैन, भोलिदेखि हुने ११ र १२ को परीक्षामा अवरोध पुर्‍याउने हल्ला सुनेको छु। तर पनि परीक्षा रोकिँदैन, मैले जिल्ला प्रशासन, जिल्ला शिक्षा अधिकारी र सुरक्षा निकायलाई परीक्षा सञ्चालन गर्न निर्देशन दिईसकेको छु, परीक्षा रोकिँदैन।

जिल्ला-जिल्लामा पाठ्य पुस्तक नपुगेको गुनासो आएको छ नि भन्ने पत्रकारको जिज्ञाशामा मन्त्री शर्माले भने- पाठ्या पुस्तक पुगेका छन्, यदी कुनै ठाउँमा पुगेका छैनन भने अबको २४ घण्टामा पाठ्य पुस्तक पुग्छन्।

मन्त्री शर्माले पहिचान र सामर्थ्यको आधारमा राज्य पूर्नर्संरचना गर्ने सबै दलका नेताहरुले बचन दिएकाले त्यसैको आधारमा उभिएर जेठ १४ भित्रै संविधान जारी हुने ठोकुवा गरे।

कति प्रदेश बनाउने भन्ने दलका नेताहरुले निर्धारण गर्ने होइन। समितिले १० प्रदेश भनेको छ, त्यही अनुसार हुनुपर्ने मन्त्री शर्माको दावी थियो। मन्त्री शर्माले भने- सरकार परिवर्तन गर्ने कुरा बेमौसमी बाजा मात्र हो, डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारसँगै सबै दलहरुको सहमति हुन्छ। राज्यपुनर्संचना पनि हुन्छ र जेठ १४ भित्रै संविधान जारी हुन्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by