Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बलिउडको ढोकामा राई इज किंग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १६ बैशाख । भर्खरै मात्र जदौं-३ मेड इन नेपाल, मुर्च्छना-२ र आसेवारो लगायतका चारवटा एल्वम एकैसाथ पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्र बहादुर चदको हातबाट विमोचन गराएका अहिलेका व्यस्त गायक राजेशपायल राईको स्वर चाँडै भोजुपुरी फिल्ममा समेत गुञ्जने भएको छ।

यसअघि नै, भोजपुरी एल्बम ‘सिलाकी जवानी’मा गाउन अनुबन्धित भएसकेका गायक पायललाई सोही एल्वमका संगीतकार संतोष राजले संगीत गर्ने नयाँ भोजपुरी फिल्म ‘बदला’ मा गाउने पक्का भइसकेको छ।

हाल मुम्बईको इम्पायर स्टुडियोमा रेकर्डिङ भइरहेको उक्त फिल्मका गीतहरुमा राजेशसंगै उदितनारायण झा, कल्पना,इन्दु, रेखा रावलगायतका भोजपुरी संगीतका नामी गायक गायिकाहरुले गाउँदै छन्।

यसैवर्ष प्रख्यात भारतीय म्युजिक कम्पनी टीसिरिजले राजेशपायलको भोजपुरी एल्वम सिलाकी जवानीको उत्पादन तथा वितरण गर्दै छ। चाँडै रेकर्डिङ्ग शुरु हुने भोजपुरी एल्वम अघि नै उनले भोजपुरी फिल्मको लागि आफ्नो स्वर रेकर्ड गराउँदैछन्। भोजपुरी हुँदै हिन्दी फिल्ममा समेत आफ्नो स्वर रेकर्ड गराउने चाहना राखेका राजेश भोजपुरी गीतबाट उक्त चाहनाले मुर्त रुप लिने कुरामा ढुक्क छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by