Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

श्रम स्वीकृति लिन यूएई दूतावासको प्रमाणिकरण अनिवार्य

निमकान्त पाण्डे/ एचकेनेपाल डट कम-
यूएई, रोजगारीका लागि व्यक्तिगतरुपमा आफन्तलाई यूएईमा ल्याउन कामदारको माग र करारपत्रमा नेपाली राजदूतावास यूएईको प्रमाणीकरण अनिवार्य गरिएको छ।

नेपाली राजदूतावास यूएईको प्रमाणिकरण विना श्रम स्वीकृति लिन नपाउने बैदेशिक रोजगार विभागले जनाएको छ।

आफ्नो आफन्त यूएईमा रोजगारीको लागि आउदै छन् भने कामदार तथा कम्पनीबीच भएको श्रम सम्वन्धी करारपत्र, ग्यारेन्टी पत्र, कम्पनीको ट्रेड लाईसन, कामदारको इम्प्लाईमेन्ट सक्कलीसहित फोटोकपि भिषा, (सक्कली भिषा फिर्ता हुने) कामदारको पासपोर्ट कपी, यूएईमा भिषा निकालि दिने आफन्तको भिषा सहितको पासपोर्ट कपी, नाता प्रमाणित सर्टिफिकेट यूएई आउन लागेको ब्यक्ति यदि पहिलानै यूएईमा आएको छ भने उनको भिजिट भिषा वा भिषा कपी आदि कागजात जुटाउनु पर्ने दूतावासले जनाइएको छ।

यदि आफन्त होइन नाता प्रमाणीकरण छैन भने दूतावासबाट प्रमाणिकरण हुनेछैन। दूतावासले कामदारको माग वा करारपत्रमा प्रमाणिकरण गरेको छैन भने यूएई आउने कामदारले श्रम स्वीकृति पाउन सक्ने छैनन्।

खाडी देशहरुमा ब्यक्तिगतरुपमा भिषा निकाल्दा बढी समस्या देखिएको हुनाले वैदेशिक रोजगार विभागले भर्खरै मात्र खाडी मुलुकहरुमा व्यक्तिगत रुपमा जाने कामदारको माग र करारपत्रमा दूतावासको प्रमाणीकरण अनिवार्य गर्ने निर्णय गरेको थियो। आफ्नो नजिकैको साथी होस् या आफन्त व्यक्तिगतरुपमा यूएई आउँदा यसभन्दा पहिला व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारकोलागि आउन पाईन्थ्यो भने प्रमाणीकरण अनिवार्य भएपछि आफन्तको नाता प्रमाणीकरणको सर्टिफिकेट पनि चाहिने भएको हुनाले आफन्त बाहेक अन्य व्यक्तिलाई नेपालबाट श्रम स्वीकृति लिन समस्या देखिएको हो।

विगतमा ब्यक्तिगतरुपमा भिषा निकाल्दा नजिकैका साथी होस् या आफन्त यूएई आईसकेपछि करारपत्र फरक पर्ने नेपालमा भनेअनुसारको काम यहाँ आएपछि नहुने समयमानै तलव नपाउने कामदार दुवै तर्फबाट ठगिने समस्या आईपरेमा उद्धारको लागि समस्या देखिएको हुनाले विभागले दूतावासको प्रमाणीकरण अनिवार्य गरेको हो। यस किसिमको निर्णयले यूएईमा देखिएका विभिन्न किसिमका श्रम समवन्धी समस्याहरुको न्युनिकण हुँदै जाने नेपाली राजदूतावासका प्रथम सचिव लोक बहादुर क्षेत्रीले बताए। श्रम सम्वन्धी विविध जानकारीकोलागि नेपाली राजदूतावासको वेभ साईट http://www.nepalembassyuae.org/ भिजिट गरी जानकारी लिन पनि अनुरोध गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by