Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आँखा शिविर सञ्चालनको लागि ‘पर्वत साँझ’

रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम-
हङकङ, २६ अप्रिल । पर्वत जिल्लामा आंखा शिविर सञ्चालनको लागि आइतवार हङकङमा “पर्वत सांझ” सम्पन्न भएको छ। पर्वत मञ्च हङकङको आयोजनामा भएको उक्त सांगितिक कार्यक्रममा नेपालका वहुचर्चित कलाकारहरु र यहाँका स्थानीय कालाकारहरुको प्रस्तुति रहेको थियो।

इन्दिरा जोशीः

‘पर्वत साँझ भिडियो’

हे आमा जाउ भन्यो मलाई, कल्ले ? हङकङको लाहुरेले… विशेष गरि हङकङमा निक्कै चर्चित गीत गाएर पर्वत साँझ हेर्न पुगेका दर्शकहरुलाई भरपूर मनोरञ्जन दिइन् गायिका रिता थापा मगरले। उनको यो हङकङ साँगीतिक यात्रा तेस्रो पटक हो।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम । थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

पर्वत जिल्लामा जन्मेर पोखरामा हुर्केका नेपत्थ्य वेण्डका गौतम गुरुङले गण्डकीको तिरैमा लुकि छिपि खेलेको, जोम सोमे वजारमा बाह्रवजे हावा सररलगायत अन्य नयाँ पप गीतहरु गाएर दर्शकलाई उचालेका थिए।

सवै खालको गीत गाउन मन पराउने प्रथम नेपाली ताराका महिला विजेता गायिका इन्दिरा जोशीले चलचित्र लुटको गीत उध्रेको चोलि छ है तै पनि लाइन्छ…, चौवन्दी चोली रातो घंघरा.., देखियो तारा आकाशमा तिम्रै खुसि मागि रहे… जस्ता लोकप्रिय गीत गाएर दर्शकको मन जितिन्। हङकङ पहिलो पल्ट आएकी जोशीलाई नाच्नको लागि यहाँको स्थानीय कालाकार श्री गुरूङलगायतले साथ दिएका थिए।

पहिलो पल्ट हङकङ आएकी एसियन पेण्ट्स खोजि प्रतिभा सिजन एकका विजेता दुर्गा परियारले खोजि प्रतिभा जित्नको लागि सवै भन्दा धेरै गाएको गीत दुइ चुल्ठी बाटेर.., भरखर मात्र वजारमा आएको एल्वम धुर्व सत्यको ‘यो त धुर्व सत्य हो’ चलचित्र मायाको वारका ‘कुन दिनमा वांधेछु यो घुंघरु म नाचेको नाचेकै छु’ जस्ता चर्चित गीत गाएर दर्शकको गडगडाहड ताली बटुलेकी थिइन्।

लोक दोहोरी गीतका सफल गायक पशुपति शर्मा र गायिका रिता थापा मगरले लोक दोहारी गीत गाएर दर्शकालाई भरपूर हसाएर मनोरञ्जन दिलाएका थिए। पहिलो पल्ट हङकङ आएका गायक शर्माले छुट्टै आफ्नो गीत ‘क्याम्पस पढ्न आउने सरले उता पढाउने.. हाम्ले आखाँ जुधाउने.. चित वुझाउने’ लगायत अन्य गीतहरु गाउदै दर्शकको मन जितेका थिए।

पर्वत सांझमा यहाँको स्थानिय ‘तमु सांस्कृतिक परिवार’का कलाकारहरु श्री गुरूङ, तिलक गुरुङ, सुनिता गुरुङ, प्रिया गुरुङ, एलिना गुरुङलगायतले नृत्य गरेका थिए। पर्वत सांझलाई रिता गुरुङ र प्रदिप माल्बोले संचालन गरेका थिए।

यसअघि, पर्वत मञ्च हङकङका अध्यक्ष विषन गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ प्रमुख अतिथि र सञ्चालन मञ्चका महासचिव विकाश गुरुङले गरेका थिए।

सशुल्क रहेको “पर्वत सांझ” पूर्णरुपमा सफल भएको बताउदै मञ्चका सचिव दुर्गा तमुले कार्यक्रमबाट उठेको रकमले पर्वत जिल्लाको विकट ठाउंहरुमा पुगेर आँखा शिविर सञ्चानल गर्ने बताए।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by