Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गेसो सभापति गुरूङ बेलायत प्रस्थान

राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौं, १२ बैशाख । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङ मंगलबार बेलायत प्रस्थान गरेका छन्। गेसोले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत बेलायतमा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन तीन महिनाको लागि सभापति गुरुङ बेलायत लागेका हुन्।

बेलायत बसाईको क्रममा सभापति गुरुङ बेलायतको बिभिन्न सात शहरहरुमा हुने कार्यक्रमहरुमा सहभागी हुनेछन्। यस्तै, उनले फ्रान्स र बेल्जियमको बिचमा रहेको ‘इपर’को समेत भ्रमण गर्नेछन्। ‘इपर’ जहाँ बेलायतका पक्षबाट लड्दा २५ हजारभन्दा बढी गोरखा सैनिकहरु एकै स्थानमा मारिएका थिए।


फाइल फोटोः गेसो सभापति पदमवहादुर गुरूङ।

‘तीन महिनाका लागि बेलायतमा सबै कार्यक्रमहरु तय भईसकेका छन्’ बेलायत जानुअघि उनले भने,’यो तीन महिनामा दोस्रो चरणको गेसो आन्दोलनका लागि नयाँ आधारभूमि तयार हुनेछ।’ यस्तै सभापति गुरुङले बेलायत भ्रमणका क्रममा गेसोले निर्माण गर्ने लागेको गोरखा स्मारक बारेमा पनि बिभिन्न सभा मार्फ जानकारी गराउँनेछन्।

गेसोले दोस्रो चरणको अन्दोलन अन्तर्गत स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडामा रहेको करीब ३ सय रोपनी जग्गामा गोरखा स्मारक निर्माण गदैछ। बेलायतको लागि लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सम्झना र सम्मानमा बनाईने यो स्मारकबाट गोरखा आन्दोलनले नयाँ मोड लिने बताईएको छ।

बेलायत जानुअघि सभापति गुरुङले आन्दोलन र अभियानका बारेमा सभासद्, बुद्धिजीबी, लेखक र पत्रकाहरुसँग परामर्श गरेका थिए। सभासद् रबिन्द्र अधिकारी, हितकाजी गुरुङ, लेखक राजेन्द्र मर्हजन, झलक सुबेदी, श्यामल, मूल्याङ्कन मासिकका कार्यकारी सम्पादक भोगीराज चाम्लिङलगायतसँग उनले परामर्श गरेका हुन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by