Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोलोराडोमा दुई दिने शुभकामना महोत्सव

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका । नयां बर्ष२०६९ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बृक्ष रोपण,”नेपाल डे परेड” तथा बिभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरी दुई दिने शुभकामना महोत्सव हर्षोल्लासका साथ सम्पन्न गरेका छन्।

“जनजाति तथा संस्कृतिको सुमधुर सम्बन्ध” भन्ने मूलनाराका साथ नेपालीहरुको साझा संस्था रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा बिशेष अतिथिको रुपमा अमेरीकी कंग्रेसका सांसद जरेड पोलीसको उपस्थिती रहेको थियो। कार्यक्रमका बिशेष अतिथिलाई पञ्चकन्याले फूलमाला लगाई स्वागत गरेका थिए।


तस्वीरः नातिबाब भट्ट / एचकेनेपाल डट कम

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी, नेवारी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै हर्षोल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दैारा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए भने केाही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए। अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो।

झण्डै ४ सय नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागिता रहेको थियो। बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए। कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ- आफ्नो दौतरीसंग आफ्नो रीति र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड “कार्यक्रम आयाजना गर्न थालिएको हो। अमरीकामा रहेका पचास स्टेट मध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ। नेपालीहरुका दिवस भनेर अमरीकी सरकारबाट स्वीकृत भएको यो पहिलो र एक मात्र सूचीकृत कार्यक्रम हो।

बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचान गराउने उद्धेश्य लिई हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्टको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो।

विशेष अतिथीको रुपमा बोल्दै संसद जरेड पोलीसले कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएकोले यस्ता किसीमका कार्यक्रमले दुई देशबीच संस्कृति आदान प्रदानमा महत्वपूर्ण टेवा पुग्ने बताए। जसका कारण अमेरीका र नेपालको सम्बन्ध सुमधुर तथा मजबुत हुदैगई नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सक्ने उनले बताए।

त्यसैगरी, रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्टले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बाध्यता र परिस्थितीले जन्मभूमिदेखि धेरै टाढा भएपनि आफ्नो देश प्रतिको माया, सद्भाव र कर्तब्य स्मरण गराउन तथा कर्म थलोमा मातृभूमिको पहिचान गराउन यस्तो कार्यक्रमा आयोजना गरेको बताए। कार्यक्रममा बोल्डर कान्टि्रका कान्टि्रकमिस्नर देव ग्राडनर, डा. बिजयराज शर्मा लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो।

त्यसैगरी, नयां वर्षको उपलक्षमा आईतबार बिहान बोल्डरको हर्टिड स्क्ल्पचर गार्डेनमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो। बृक्ष रोपण कार्यक्रममा आज सम्म कोलोराडामा नभएको ह्वाईट हिमालयन पाईन जातका बिरुवाहरु रोपिएका थिए। सोही उपलक्ष्मा शनिवार सांझ एक सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा कलाकार भाई बहिनीले नेपाल झल्कने खालका कला प्रस्तुत गरेका थिए।

दुई दिने शुभकामना महोत्सव सफलताका साथ सम्पन्न गर्नर इन्जिनियर उईथ आउट बोडर यूएसए, वालग्रीन, मनराज, स्थानीय उद्योग ब्याबसायीहरुको उल्लेख्य सहयोग रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by