Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आयरल्याण्डबासी नेपालीहरु नेपालमा लगानी गर्न तत्पर

एचकेनेपाल डट कम संवाददाता-
आयरल्याण्डमा रहेका नेपालीहरुले नेपालमा लगानीको उचित वातावरण बने आफूहरु लगानी गर्न चाहेको बताएका छन्।

नव वर्ष२०६९ अवसरमा गैरआवासीय नेपाली संघ आयरल्याण्ड एनआरएन आयरल्याण्डले डब्लिनस्थित र्याडीसन ब्लु रोयल होटलमा बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रमुख संरक्षक देवमान हिराचनले संसारभर छरिएर रहेका नेपालीको कमाईको सदुपयोग गर्न सकेमा नेपाल र नेपालीको विकासमा उल्लेखीय टेवा पुग्ने बताए। सुरक्षित लगानी तथा उपयुक्त कार्यक्रमको पहिचान गर्दै म र मेरो होइन हामी र हाम्रो भन्ने भावना लिएर काम गर्न सकेमा जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताए। त्यसका लागि एनआरएनले अझै सशक्त भूमिका खेल्नुपर्ने खाचो औल्याए।

कार्यक्रमका सभाध्यक्ष तथा एनआरएन आयरल्याण्डका अध्यक्ष गणेश प्रसाईले एनआरएन आयरल्याण्ड विगतमा भएका कमी कमजोरीलाई सच्याउदै आयरल्याण्ड रहेका सम्पूर्ण नेपालीको भावना समेट्दै अघि बड्ने विश्वास दिलाए। एनआरएन आयरल्याण्डका आईसीसी मेम्बर मन कुमार धमलाले धन्यबाद ज्ञापन गरेका थिए।

एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनका प्रमुख आथित्यमा सम्मपन्न उक्त कार्यक्रममा जनावरीमा दिवंगत भएका आयरल्याण्ड निवासी स्व. कृष्ण थापाको संम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम शुरु गरिएको थियो। करीब चार सय नेपाली तथा बिदेशी उपस्थित रहेको त्यस कार्यक्रममा प्रसिद्ध हास्य कलाकार जोडी दिपक राज गिरि र दिपा श्री निरौला तथा स्थानीय कलाकारहरुको उत्कृष्ट सांस्कृतिक प्रस्तुतीसहित ब्याङ्ग्यात्मक प्रहशनले उपस्थि सम्पूर्ण दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि हिराचनद्वारा कलाकारहरुलाई उपहार तथा प्रमाण पत्र प्रदान गरिएको थियो। साथै सोही कार्यक्रममा प्रबासी नेपालीहरुको ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट प्रा लि मा आयरल्याण्डबासी नेपालीहरुले पनि इन्भेष्ट गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by