Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

उत्सवविनाको लोकतन्त्र दिवस

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ बैशाख । दोस्रो जनआन्दोलन सफल भै मुलुकमा लोकतन्त्र स्थापना भएको अवसरमा सरकारले सोमवार लोकतन्त्र दिवस भन्दै सार्वजनिक विदा दिएको छ।

आज लोकतन्त्र दिवसको दिन भएपनि सरकारको तर्फबाट कुनै औपचारिक कार्यक्रमको घोषणा गरिएको छैन।

यसअघि, राजपत्रमा लोकतन्त्र दिवसबारे कुनै उल्लेख नगरिएको भन्दै माओवादी नेता बाबुराम भट्टराई नेतृत्व सरकारको चौतर्फी आलोचना भएको थियो। चौतर्फी आलोचना भएपछि गृहमन्त्रालयले लोकतन्त्र दिवसको लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि, २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनको उपलब्धि स्वरूप मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिन वैशाख ११ मा लोकतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो।

जनआन्दोलनको चर्को दबावका कारण २०६३ साल बैशाख ११ गते राति पूर्वराजा ज्ञानेन्द्र राजगद्दीबाट बाहिरिएपछि नेपालमा लोकतन्त्रको सुरूवात भएको मानिन्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by